साउदी राजपरिवारका तीन वरिष्ठ सदस्य पक्राउ

रियाद ।  साउदी अरेबियाली राजाका भाइ र भतिजासहित राजपरिवारका तीन वरिष्ठ सदस्यलाई गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यममा जनाइएको छ ।

उनीहरूलाई शुक्रबार बिहान नै पक्राउ गरिएको न्युयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलले उल्लेख गरेका छन् । पक्राउ परेका तीनमध्ये दुई पुरुष सदस्य देशका प्रभावशाली व्यक्तित्व भएको जनाइएको छ । पछिल्लो घटनालाई युवराज मोहम्मद बिन सलमानसँग जोडेर हेरिएको छ ।

सन् २०१७ मा युवराजले मोहम्मद बिन सलमानले उनीहरूलाई गिरफ्तार गर्न आदेश दिएका थिए ।

सन् २०१६ मा युवराज घोषणा गरेपछि सलमानले शासन गर्दै आएका थिए । गिरफ्तार गरिएका तीन जना पुरुष सदस्यमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलअजिज, पूर्वयुवराज मोहम्मद बिन नायेफ र शाही नातेदार राजकुमार नवाफ बिन नायेफ  छन् ।

मोहम्मद बिन सलमानले सन् २०१७ मा नजरबन्दमा राख्नुअघि मोहम्मद बिन नायेफ आन्तरिक मन्त्री थिए । शाही परिवारका यी सदस्यका घरमा गार्ड मास्क लगाएर कालो पोसाकमा आएका र उनीहरूका घर खानतलासी गरेका द वाल स्ट्रिट जर्नलले जनाएको छ ।  साउदी अरेबियामा मोहम्मद बिन सलमानले सन् २०१६ मा आर्थिक र सामाजिक सुधारका कार्यक्रम घोषणा गरेपछि उनको अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा भएको थियो । तर, उनी इस्तानबुलस्थित साउदी दूतावासमा भएको साउदी पत्रकार जमाल खसोग्जीको हत्याकाण्ड लगायत मुछिएका छन् ।

पछिल्लो समयमा राजपरिवारका वरिष्ठ सदस्यलाई पक्राउ गरिएको घटनालाई साउदी अरेबियाका शक्तिशाली युवराज मोहम्मद बिन सलमानको आफ्नो शक्ति एकत्रित पार्ने प्रयत्नका रूपमा हेरिएको छ ।

राजकुमार अहमद बिन अब्दुल अजिज देशका संस्थापक राजा अब्दुल अजिजका जीवित एक मात्र सन्तान र सत्तासीन परिवारका पाका सदस्यमा प्रिय पात्र थिए ।

अर्का वरिष्ठ राजकुमार मोहम्मद बिन नायेफ अकस्मात् तीन वर्षअगाडि नहटाउँदासम्म राजगद्दीका उत्तराधिकारी थिए । त्यसअघि आन्तरिक मन्त्रीका रूपमा अल–कायदा लडाकूलाई सन् २००० ताका परास्त पारेको श्रेय पाएका थिए ।

अहिलेसम्म अमेरिकी सञ्चारमाध्यममा छापिएका यी समाचारको खण्डन गरिएको छैन । तर, साउदी अरेबियामा राजदरबारका मामिला प्राप्य गोप्य राख्ने प्रयत्न गरिन्छ । पछिल्ला दिनमा साउदी अरेबिया घातक कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्ने उपायमा लागिरहेको छ ।

विदेशी तीर्थयात्रुलाई तीर्थयात्रा गर्न रोक लगाइएको छ भने धेरै महŒवपूर्ण वार्षिक हज होला कि नहोला भन्ने प्रश्न उठेको छ । गत बिहीबार इस्लाम धर्मावलम्बीको पवित्र सहर मक्कालाई पूर्ण रूपमा सफा गर्न खाली गरिएको थियो ।

The post साउदी राजपरिवारका तीन वरिष्ठ सदस्य पक्राउ appeared first on Rajdhani Daily News.

मलेखुमा क्षमता विकास तथा उदघोषण तालिम सुरु

Previous articleजलविद्युत् क्षेत्रले समग्र राष्ट्रको विकास गर्छ
Next articleसंसदीय टोलीलाई श्रमिकका प्रश्न– समस्या उही, उपाय खोई ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।