मलेखुमा क्षमता विकास तथा उदघोषण तालिम सुरु

पौष १६, धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा न. ३, धादिङले ७ दिने “निशुल्क क्षमता विकास तथा उदघोषण तालिम” सुरु गरेको छ। वडा न. ३ को कार्यालय मलेखु, धादिङ स्थित सभाहलमा संचालित सो तालिममा ३२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ।

तालिम उदघाटन समारोहमा वडा न. ३ का वडा अध्यक्ष भुवन त्रिपाठी, सभापति गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी “हरि” प्रमुख अतिथि रहेका थिए भने उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

७ दिने सो तालिममा उदघोषणसंग सम्बन्धित पुस्तक ” बोल मनको कुरा खोल” का लेखक तथा दुई दशक देखि सञ्चार क्षेत्रमा अनवरतरुपमा क्रियाशिल कुशल संचारकर्मी मनोज पन्त प्रशिक्षक रहेका छन् । वडा सचिव केशरबहादुर भुजेलको संयोजकत्वमा आयोजित सो तालिममा शर्मिला परियारले सहजीकरण गरेकी थिइन्

कालिका नगरपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना नगर घोषणा

Previous articleसाउदीबाट लास आएको छ वर्षपछि जब सरस्वती साउदी कै जेलमा भेटिईन्
Next articleरत्ननगर अस्पतालका बिरामीलाई अण्डा र मासु वितरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।