दुई मोटरसाइकल एकआपसमा जुध्दा १ जनाको मृृत्यु, ३ जना घाइते

कञ्चनपुरको पुनर्वास नगरपालिकामा आइतवार दुई मोटरसाइल एकआपसमा जुध्दा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा १६ वर्षीय दिनदयाल राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिए।

उनका अनुसार पुनर्वास नगरपालिका–८ क गाउँमा से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। मोटरसाइकल एक आपसमा ठोकिए पछि दुवै मोटरसाइकलका चालक सहित सवार गरी चार जना घाइते भएका थिए। रानाको उपचारको क्रममा धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते हुनेहरुमा पुनर्वासको बिचफाँटाका १८ वर्षीय धर्मेन्द्र सुनार, ‘च’ गाउँका अर्जुन राना र कैलालीको गोदावरीका अनिल लामिछाने रहेका छन्। घाइते सुनारको अवस्था गम्भीर छ। घाइते तीनै जनाको कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल उपचार भइरहेको छ।

शनिवार मात्रै पनि कञ्चनपुरको पुनर्वास र बेलौरीमा छुट्टाछुट्टै सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो। सोही घटनालाई लिएर मृतकका आफन्त तथा स्थानीय सर्वसाधरणहरुले कारबाही र क्षतिपुर्तिको माग गर्दै बेलौरी बजार बन्द गरेका छन्।

अर्पणमा रक्तदान : ३८ युनिट रगत संकलन

Previous articleमहिलामाथि हुने ज्यादतीका घटनामा वृद्धि
Next articleमहिला टि–२० विश्वकप : भारतसामु अष्ट्रेलियाद्वारा १८५ रनको लक्ष्य प्रस्तुत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।