दोलखाका पाँच बस्ती नमुना स्वस्थ समुदाय घोषणा

0
68

दोलखा । भिमेश्वर नगरपालिका वडा नम्बर ८ वोचका पाँच बस्ती नमुना स्वस्थ समुदाय घोषणा भएको छ । स्वस्थ समुदाय घोषणाको लागि तयार पारिएको १५ वटा सुचक स्थानीयले पुरा गरेकाले पाँच बस्ती नमुना स्वस्थ समुदाय घोषणा गरेको हो ।

भिमेश्वर नगरपालिकाको सहयोग तथा इन्फो नेपाल तथा सिडिएफको साझेदारीमा २ सय २ घर नमुना स्वस्थ समुदाय घोषणा प्रमाण हस्तान्तरण भिमेश्वर नगरपालिका प्रमुख भरत के.सीले प्रदान गरेका छन् ।

९ महिनामा नगरपालिकाको सहयोगमा ४ संस्थाको साझेदारीमा तयार पारिएको १५ सुचक समुदायले पुरा गरेकोले नमुना घोषणा भएका नगर प्रमुख भरत के.सीले प्रमाण हस्तान्तरण गरेका बताए । खानेपानी सरसफाई र स्वच्छताको नमुना समुदाय स्थापना गर्ने उदेश्यका यो परियोजना तयार पारिएको यो कार्यक्रम सफल भएको बताउदै इन्फो रोहीत ढकालले भने नेपालको दोस्रो जिल्ला भएको जानकारी गराए ।

कार्यक्रममा रेडक्रसका उपमन्त्री होम पाठक , सुआराका नारायण सत्याल, सिडिएफका शरद सापकोटा लगायत को सहयोगले कार्यक्रम सफल भएको वडाका अध्यक्ष नकुल के.सीले बताए । सिडिएफका कोषाध्यक्ष राजन श्रेष्ठले बताए ।

The post दोलखाका पाँच बस्ती नमुना स्वस्थ समुदाय घोषणा appeared first on Rajdhani Daily News.

भोजपुरी फिल्ममा करिअर खोज्दै शिल्पा पोखरेल

Previous articleनारीवाद, नेपाल र छाउपडि
Next articleचेपेमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु