
वीरगञ्ज, २५ फागुन । जानकारहरुले कोरोना भाइरसको संक्रमणका जोखिम भएपनि त्यसबाट नेपालमा अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् । न्यूज २४ टेलिभिजनले पर्साको वीरगञ्जमा आयोजना गरेको कोरोना भ्रम र यर्थाथ विषयक अन्तरक्रियामा सहभागीहरुले अहिले नै संक्रमण फैलिने अवस्था नरहेको बताएका छन् । चिकित्सक अभिषेक सिंहले कारोना भाइरसको संक्रमणबाट आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । […]


