पल शाह विरुद्ध अर्को उजुरी बोकेर गैंडाकोट पुगिन् पिडीत

१५ फागुन, काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित नवलपरासीको गैंडाकोट पुगेकी छन् । इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन् ।

प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।

प्रहरीका अनुसार जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि मात्रै दर्ता हुने/नहुने टुंगो हुनेछ । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर, उनी फरार भएका थिए ।

आइतबार शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् । उनी हाजिर भइसकेपछि गैंडाकोटमा जाहेरी दर्ता हुन लागेको हो ।

‘जाहेरीको विवरण हेरेर सरकारी वकिलसँग राय लिन्छौं’ एक प्रहरी अधिकृतले भने, ‘दर्ता गरेर प्रक्रिया अघि बढाउन मिल्ने भए जाहेरी लिएर अनुसन्धान गर्छौं ।’

जिल्ला प्रहरी कार्यालय, तनहुँले चाहिँ शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गर्ने तयारी गरेको

https://ujyaalonepalnews.com/archives/17654

Previous articleरत्ननगर महोत्सवमा एक्स्पर्ट एजुकेसन चितवनले बाढ्यो नि:शुल्क खानेपानी
Next articleएमसीसी सम्झौताको विरोधमा भोली नेपाल बन्द आह्वान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।