
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ८ मार्चका अवसरमा ‘प्रेरणादायक र साहसी महिला’ लाई सम्मान गरेको छ।
विभिन्न परिस्थितिका बाबजुत उनीहरुको योगदान र उपलब्धीलाई सम्मान गर्र्न आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाएको छ क्लवले जनाएको छ। अवार्ड समारोह नबिल बैंक, आमन्त्रन स्पा एण्ड सलुन र मल्टी ब्राण्ड इलेक्ट्रोनिक स्टोर स्वीच अनको सहयोगमा -याडिसन होटलले आयोजित गरेको थियो।
सो अवसरमा आठ जना अनुकरणीय महिलाहरुलाई सम्मानित गरिएको थियो। पुरस्कार विजेताहरुले अपवादको आफ्नो यात्राका बारेमा बताएका थिए।
पुरस्कृत हुने महिलाहरुमा प्रिन्शेस हेलेन शाह इनस्पीरेशनल उमन अफ द इयरबाट एआईजी डा. आशा सिंह, अमर राना गेम चेन्जर अवार्डबाट खाली सीसीकी प्रमुख कार्यकारी अधिकृत आयुषी के.सी., ज्योति स्कलरशिप अवार्ड २०२० फर जेन एम. क्लाउस्म्यान उमन इन बिजनेश स्कलरशिपबाट प्राश्ना भट्टराई तथा ज्योति स्कलरशिप अवार्ड २०२० फर उमन इन टेक्नोलोजीबाट छिरिङ डिके लामा रहेका छन्।
त्यस्तै नबिल बैंकको सहयोगमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक महिलाहरुको शिर्षक अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न सहयोग पु¥याउने ४ जना महिलाहरुको असाधारण कार्यको प्रशंसा गर्दै प्रति व्यक्ति २५००० रुपैयाँ प्रदान गरेको छ। जसमा सुश्री लक्ष्मी नापित नाई (बारबर), सरस्वती सुवाल मेकानिक, हर्मिता श्रेष्ठ साझा बस चालक र मन्धिरा भण्डारी इलेक्ट्रिशियन रहेका छन्।
कार्यक्रममा सन्नी रौनियार प्रधानको सुन्दर गीत ‘खुल्ला आकाश’ले कार्यक्रमलाई थप रमाइलो बनाएको थियो।
सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेशनल व्यावसायिकहरुको एक अग्रणी ग्लोबल संस्था हो जुन सेवा र वकालतको माध्यमबाट विश्वव्यापी महिला सशक्तिकरणमा लागि परेको छ। यसले त्यस्तो समाजको परिकल्पना गरिरहेका छन् जहाँ महिला अधिकारकालाई मानव अधिकारको मान्यता दिइन्छ र हरेक महिलाहरु आफ्नो पूर्ण–क्षमता हासिल गर्न सक्षम हुनेछन्।
त्यस्तो विश्वमा महिलालाई सबै स्रोतहरुको पहुँच छ, पुरुष बराबारको निर्णय लिने स्थानमा उनीहरु छन् र कुनै पनि महिलाहरुले हिंसाको डरमा बाच्नु पर्दैन। जोन्टा इन्टरनेशनलको छाता अन्तर्गत जोन्टा क्लब अफ काठमाडौं सन् २०१२ मा स्थापना भएको थियो। यो काठमाडौंमा कानुनी रुपमा दर्ता गरिएको गैर–नाफा मुलक संस्था हो जुन महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, स्थानीय तथा राष्ट्रिय स्तरका युवा र महिला हिंसा तथा बाल विवाहसँग सम्बन्धित मुद्दाहरु सुधार गर्ने उद्देश्यका साथ महिलाहरुको स्तर उन्नतिका लागि काम गरिरहेको छ। नेपाल आधिकारिक रुपमा चार्टर्ड हुने ६४ औं मुलुक हो।
जोन्टा क्लब अफ काठमाडौंका कार्यक्रमहरु अन्तर्गत महिलाका लागि युवा साक्षरता, बालविवाह अन्त्यका लागि वकालत तथा महिला अधिकारहरुका बारेमा जागरुकता, केटीहरुका लागि आत्म–रक्षा तालिम, जेलका महिला कैदीहरुका लागि शैक्षिक सामाग्री तथा सीप विकास प्रशिक्षण, १६ दिने महिला हिंसा विरुद्धका गतिविधी, सरसफाई परियोजना– शौचालय निर्माण, केटी र महिलाहरुका लागि शैक्षिक संस्थामा पुग्नका लागि सहज बनाउन साइकल वितरण लगायत रहेका छन्।
यो दुई वर्षको अवधी (२०१८–२०२०) जोन्टाका लागि शतवर्षीय अवधी हो। जोन्टाको १०० वर्ष मनाउन, जोन्टा क्लब अफ काठमाडौं चौतफी प्रभावका लागी आफ्ना पहलहरु जारी राख्न र बलियो बनाउन प्रतिबद्ध रहेको छ।


