भेडेटारमा सुरु भयो जिपलाइन

धनकुटा । पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल भेडेटारबाट साहसिक खेल जिपलाइन सुरु भएको छ । करिब ३ करोडको लागतमा भेडेटारबाट धरानको देवीथानसम्म व्यावसायिक रूपमा सुरु गरिएको जिपलाइन प्रदश १ का मुख्यमन्त्री शेरधन राईले औपचारिक उद्घाटन गरेका हुन् ।

जिपलाइन उद्घाटन गर्दै मुख्यमन्त्री राईले भेडेटार क्षेत्रमा चाँडै स्काई वाक र केवलकारको पर्यटकीय प्रोजेक्ट पनि थपिने बताएका छन् । पर्यटकीय क्षेत्र भेडेटारलाई अझ बढी पर्यटक तान्ने गरी आकर्षक पर्यटकीय गन्तव्य बनाइने उनको आश्वासन छ ।

भेडेटारबाट धरानतर्फ सञ्चालन हुने ६ सय ५० मिटर दूरीको जिपलाइनमा साहसिक पर्यटकले करिब ४५ सेकेन्ड अनुभव लिन पाउने सञ्चालक कम्पनी वल्र्डवाइड प्रालिका सञ्चालक केदार थापाले जानकारी दिए । उनका अनुसार क्लासिक, सुपरम्यान र कपल गरी तीन प्रकारले जिपलाइनमा अनुभव लिन सकिन्छ ।

जिपलाईनको क्लासिकका लागि १२ सय, सुपरम्यान (सुतेर)का लागि १५ सय र कपल (जोडी)का लागि १८ सयदेखि २ हजार रुपैयाँसम्म लिइने थापाले बताए । उद्घाटनका अवसरमा धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले पनि सुपरम्यान जिपलाइनको अनुभव लिएकी छन् । पहिलोपटक जिपलाइन गर्दा सुरुमा केही डर लागे पनि पछि रमाइलो अनुभूति भएको उपप्रमुख सुवेदीले बताइन् ।

The post भेडेटारमा सुरु भयो जिपलाइन appeared first on Rajdhani Daily News.

सबै प्रदेशमा एकै खाले सवारी साधन कर, दस्तुर र जरिवाना हुने

Previous articleउ बेला पैसा फिर्ता लानुस भन्दा मानेनन्, अहिले ठग भन्छन् : अनमोल केसी
Next articleकारोनाबाट अतिप्रभावित मुलुकका नागरिकलाई नेपाल प्रवेशमा कडाइ, स्वास्थ्य प्रमाण-पत्र अनिवार्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।