सबै प्रदेशमा एकै खाले सवारी साधन कर, दस्तुर र जरिवाना हुने

पोखरा । यातायात सम्बन्धी प्रदेश र सङ्घ सरकारबीच रहेको समस्या समाधान गर्न पोखरामा मङ्गलवारबाट सञ्चालन गरिएको सातै प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रीहरूको भेला बुधवार सम्पन्न भएको छ । 

सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको समेत उपस्थितमा भएको भेला २२ बुँदे निर्णय गर्दै सम्पन्न भएको हो ।

भेलाले सबै प्रदेशमा एकै खाले सवारी साधन कर, दस्तुर र जरिवाना हुने गरी आपसी समन्वयमा ऐनको व्यवस्था गर्ने, आपसी समन्वयमा सबै प्रदेशमा एकै प्रकारको एकीकृत VRS प्रणाली लागु गर्न यातायात व्यवस्था विभागले पहल गर्ने निर्णय गरेको छ । 

त्यस्तै, ब्लु बुक नवीकरण गर्ने र कर तिर्ने कार्य एकै मितिमा हुने गरी व्यवस्था गर्न आ–आफ्नो प्रदेशको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्न पहल गर्ने र सवारी साधन सम्बन्धी कर/जरिवानाहरू प्रदेशको एकल अधिकार क्षेत्र भित्र पर्ने भएकोले ट्राफिक प्रहरीले उठाउने जरिवाना र सबै प्रदेशहरूमा ईम्बोस्ड नम्बर जडान कार्य अनिवार्य रुपमा लागु गरी ईम्बोस्ड नम्बर जडानबापत उठ्ने राजश्व प्रदेश राजश्व खातामा जम्मा गर्ने गरी एकरूपता कायम गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

मन्त्रीहरूको भेलाले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७  सबै प्रदेशहरूले लागु गर्ने र अन्तर प्रदेश सवारी रुट अनुमति जाँच पास सबै सङ्घीय सरकारका सवारी परिक्षण कार्यालय भएका स्थानमा तिनै कार्यालयहरूबाट गराउने र नभएका स्थानमा यथाशीघ्र स्थापना गर्ने निर्णय पनि गरेको छ । 

त्यस्तै, सहर सौन्दर्यीकरण, दुर्घटना न्यूनीकरण कार्यक्रम अन्तरगत स्थानीय सहरहरूमा स्थानीय पालिकामार्फत अनिवार्य पार्किङको व्यवस्था मिलाउने पनि निर्णय भएको छ ।

प्रदेश भित्रका योजनाहरूको रकमान्तर गर्ने अधिकार प्रदेश सरकारलाई दिन अर्थ मन्त्रालयमा पहल गर्नेदेखि प्रदेशहरूले सशर्त योजनाहरूको खर्च नहुने रकम विभागहरूमा फिर्ता पठाउने र विभागहरूले अन्तर प्रदेशका योजनाहरूमा रकमान्तर गर्ने सम्मको निर्णय भएको छ ।

प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रीहरूले केन्द्र सरकार अधिकारको सवालमा अनुदार भएको गुनासो गरेका छन् । समस्या व्यापक रहेका कारण र समाधान नहुँदा सङ्घीयता सवाल बन्न नसकेको उहाँहरूको भनाई छ ।

भेलाको समापन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले सङ्घीय सरकारले प्रदेश सरकारको अधिकार कुण्ठित नगर्ने बताउनुहुँदै प्रदेश सरकार बलियो भएमा मात्र सङ्घीयताको मूल मर्म र तात्पर्य मजबुत बन्ने धारणा राख्नुभयो । 

दुई दिने भेलामा सङ्घीय भौतिक, यातायात मन्त्रालय तथा प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयहरूको तर्फबाट विद्यमान समस्या र समाधानका उपाय विषयमा प्रस्तुति पेस गरिएको थियो ।

यस्ता छन् भेलाका निर्णयहरू :

  • सबै प्रदेशमा एकै खाले सवारी साधन कर,दस्तुर र जरिवाना हुने गरी आपसी समन्वयमा ऐनमा व्यवस्था गर्ने ।
  • आपसी समन्वयमा सबै प्रदेशमा एकै प्रकारको एकीकृत VRS प्रणाली लागु गर्न यातायात व्यवथा विभागले पहल गर्ने ।
  • ब्लुबुक नवीकरण गर्ने र कर तिर्ने  कार्य एकै मितिमा हुने गरी व्यवस्था गर्न आ-आफ्नो प्रदेशको प्रदेश सवारी तथा यातायात व्यबस्था ऐनमा संशोधन गर्न पहल गर्ने ।
  • सवारी साधन सम्बन्धी कर/जरिवानाहरू प्रदेशको एकल अधिकार क्षेत्र भित्र पर्ने भएकोले ट्राफिक प्रहरीले उठाउने जरिवाना र सबै प्रदेशहरुमा ईम्बोस्ड नं जडान कार्य अनिवार्य रुपमा लागु गरी ईम्बोस्ड नं जडान वापत उठ्ने राजश्व प्रदेश राजश्व खातामा जम्मा गर्ने गरी एकरुपता कायम गर्न संघीय सरकारलाई अनुरोध गर्ने ।
  • VRS/e-DLVRS Database र AdministrativeRightsभएको User Accessयातायात व्यवस्था विभागले प्रदेशलाई हस्तान्तरण गर्ने,प्रदेशको मन्त्रालयले अन्तर्गतका कार्यालयहरुलाई Connect गर्ने तथा आ-आफ्नो प्रदेशका VRS Data प्रदेशमा संचित गरी राख्ने गरी मिलाउने।उक्त software system हरुको सुरक्षा प्रणाली मजबुत बनाई संघ र प्रदेशको आ-आफ्नो काम कार्यवाही सुरक्षितगर्ने ।
  • e-DLVRS मा देखिने सबैखाले समस्याहरु (जस्तै कुनै समय २/४ घण्टा सर्भर डाउन हुने तथा कहिले काँही २-४ दिन System down हुने लगायतका loop hole र Office visit date अर्को कुनै कार्यालयबाट shift गर्ने मिल्ने) समाधानको लागि Software मा आवश्यक परिमार्जन र विकासका लागि यातायात व्यवस्था विभागले पहलकदमी लिने ।
  • यातायात व्यवस्था विभागले Smart License Printing का लागि Pending Smart License को छपाइ कार्य शीघ्र रुपमा गरी वितरणका लागि सम्बन्धित कार्यालयमा पठाउने व्यवस्था गर्ने ।
  • यातायात ब्यबस्था विभागले प्रदेशका कार्यालयहरुलाई सहयोग गर्न जिम्मेवारी सहितको Dedicated Focal Person यथाशिघ्र तोक्ने ।
  • Digital Trial Center परीक्षणको रुपमा लुम्बिनी प्रदेशबाट शुरु गर्न यातायात व्यवस्था विभागले प्राविधिक तथा अन्य सहयोग गर्ने ।
  • विद्युतिय सवारी साधन संचालनलाई प्राथमिकतामा राख्ने नीति लिने ।
  • अभिलेखको डिजिटाइजेशन, डिजिटल परीक्षण स्थल संचालन, सवारीमा विद्युतिय भुक्तानी प्रणाली सम्बन्धमा प्रदेशले लिने अग्रसरतालाई एकरुपता कायम गर्ने गरी संघीय स्तरबाट समेत सहजीकरण गर्ने ।
  • सडकको क्षेत्राधिकार (Right of way) कायम गर्न सबै प्रदेश सरकारहरुले राजनीतिक प्रतिवद्धता जाहेर गर्ने ।
  • सवारी चालक अनुमतिपत्र परीक्षा संचालन कार्यविधि निर्देशिका, २०७७  सबै प्रदेशहरुले लागु गर्ने ।
  • अन्तर प्रदेश सवारी रुट अनुमति जाँचपास आदि संघीय सरकारका सवारी परिक्षण कार्यालय भएका स्थानमा तिनै कार्यालयहरुबाट गराउने नभएका स्थानमा यथाशिघ्र स्थापना गर्ने ।
  • शहर सौन्दर्यकरण, दुर्घटना न्यूनिकरण कार्यक्रम अन्तरगत स्थानीय शहर हरुमा स्थानीय पालिका मार्फत अनिवार्य पार्कीङ्गको व्यवस्था मिलाउने ।
  • सार्वजनिक सडक ऐन, २०३१ (संसोधन २०७५) मा प्रादेशिक सडकको बर्गिकरण गर्न पहल गरीप्रादेशिक सडकहरुमा पहुचको आधारमा बजेट बिनियोजन नगर्नेव्यवस्था सडक विभागले मिलाउने ।
  • संघिय कार्यक्रममा जस्तै प्रदेशका सशर्तका योजनाहरुमा श्रोत सुनिश्चित गर्न स्थानीय पूर्वाधार विभाग/सडक विभागबाट अर्थ मन्त्रालयमा पहल गर्नु पर्ने ।
  • स्थानीय पूर्वाधार विभागबाटझोलुङ्गे पुलमा प्रयोग हुने लठ्ठा खरिद र वितरण प्रणाली चुस्त बनाउनु पर्ने ।
  • हस्तान्तरित सशर्तका योजनाहरुमा येथेस्ट बजेट बिनियोजन गर्न सडक बिभाग/स्थानीय पूर्वाधार विभागबाट अर्थ मन्त्रालयमा पहल गर्ने ।
  • प्रदेश भित्रका योजनाहरुको रकमान्तर गर्ने अधिकार प्रदेश सरकारलाई  दिन अर्थ मन्त्रालयमा पहल गर्ने ।
  • प्रदेशहरुले सशर्तका योजनाहरुको खर्च नहुने रकम बिभागहरुमा फिर्ता पठाउने र विभागहरुले अन्तर प्रदेशका योजनाहरुमा रकमान्तर गर्ने ।
  • साझा सरोकारका विषयमा संघीय सरकार र प्रदेश सरकारहरु तथा अन्तर प्रदेश सरकारहरुका बिच सम्बाद, सहकार्य, सिकाई आदान -प्रदान गर्नेकार्यलाई प्रगाढ बनाउने ।

पूर्वी चितवनमा गैंडा आतंक एकको मृत्यु नौ घाइते

Previous article६० लाख बढीको चकलेट तथा पाचक प्रहरी नियन्त्रणमा
Next articleराष्ट्रिय एकतालाई सुदृढ बनाउन फागुपूर्णिमाले योगदान पुग्ने राष्ट्रपतिको विश्वास
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।