उपत्यकामा होली विशेष सुरक्षा : ७६ स्थानमा चेकिङ, माेबाइल भ्यानबाट गस्ती

0
67

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती गर्ने बताएको छ ।

महाशाखाले होली पर्वलाई दुर्घटना रहित सुरक्षित र मर्यादित बनाउन यस्तो कदम चालेको बताएको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गर्दै राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने बताएका छन् ।

ढकालले मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तिव्र गतिमा चलाउने, जिकज्याक वा लापरवाहीका साथ सवारी चलाउने, हेल्मेट नलगाई मोसा तथा स्कुटर चलाउने र ठूलो आवाज निकालेर वा मोडिफाई गरी सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको ब्यवस्था मिलाइएको बताए ।

‘मुख्यतय: उपत्यकामा दुर्घटना कम गर्ने उद्देश्यका साथ नियमित बाहेक थप ट्राफिक प्रहरीहरू तथा मो.सा.मा समेत ट्राफिक प्रहरीहरू गरि जम्मा ५६६ जना ट्राफिक प्रहरी परिचालन गरिनेछ’, उनले भने ।

हेलमेट नलगाई दुईपाङ्ग्रे सवारी नचलाउन, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा नगर्न, ठूलो हर्न नबजाउन, ठूलो आवाज निकालेर सवारी नचलाउन, जिकज्याक गरी नचलाउन, मोटरसाइकललाई मोडिफाई गरी सवारी साधन नचलाउनको लागि महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

प्रथम कार्यवाहक राष्ट्राध्यक्ष गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै

Previous article९ देश आवतजावतमा साउदीले लगायो रोक, नेपाली प्रभावित
Next articleसातदोबाटो बलात्कार प्रकरण : प्रहरी भन्छ- युवतीलाई निलो कारमा लैजाने व्यक्ति छिट्टै पक्रन्छौँ