पौडी खेल्न गएका बालकको नदीमा डुबेर मृत्यु

लमजुङ । लमजुङमा पौडी खेल्न गएका बालकको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । राइनास नगरपालिका– ७ चेपेखोलाको गंगटेमा पौडी खेल्ने क्रममा डुबेर १४ बर्षीय बालक अनिल नेपालीको मृत्यु भएको हो । राइनास नगरपालिका– ७ बाङ्गे चौर बस्दै आएका उनी आफ्ना साथीहरूसँग स्थानीय चेपे नदीमा पौडी खेल्न गएका थिए । नेपाली मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले बताए । उनका अनुसार नेपालीको शव पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ ।

The post पौडी खेल्न गएका बालकको नदीमा डुबेर मृत्यु appeared first on Rajdhani Daily News.

मौरी व्यवसायबाट वार्षिक १८ लाख आम्दानी

Previous articleसम्पदा पुनःनिर्माणले लिन सकेन गति
Next articleलमजुङमा रग्वी संघ गठन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।