तोरीबारीमा पुरुषको शब भेटियो

काभ्रेपलाञ्चोक । जिल्लाको तेमाल गाउँपालिका वडा ८ स्थित रोशी खोलाको छेउमा रहेको तोरीबारीमा बेवारिसे लास फेला परेको छ ।

आइतबार साँझ उक्त बेबारिसे शब फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । मृतकको पहिचान भने खुल्न नसकेको डिएसपी थापाले बताए ।

बेवारिसे शब फेला पार्ने वित्तिकै डिएसपी थापाको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । उक्त शब अन्दाजी ४५÷५० वर्षको पुरुषको रहेको प्रहरीले जनाएको छ । घटनाबारे छानविन अगाडी बढाएको डिएसपी थापाले बताए ।

The post तोरीबारीमा पुरुषको शब भेटियो appeared first on Rajdhani Daily News.

श्रम सम्झौता नवीकरण गर्न नेपाल र कतारका श्रम मन्त्री सहमत

Previous articleकर्णालीका २५० छोरीबुहारी पढाउँदै प्रदेश सरकार
Next articleकोरोनाको संन्त्रासमा ‘सात्विक’ होली !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।