
यस वर्षको महामूर्खको उपाधि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्राप्त गरेका छन्।

होली पर्वको अवसरमा मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक विशिष्ट व्यक्तित्वलाई दिने महामुर्खको उपाधि यसपटक मुख्यमन्त्री राउतलाई प्रदान गरेको हो।
सोमबार दिउँसो जानकी मन्दिर प्रांगढमा भएको महामूर्ख सम्मेलनमा उनलाई यस वर्षको महामूर्ख घोषणा गरिएको हो।
मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलन गर्दै आएको छ।
यस्तै पटमुर्खको उपाधि राजपाका प्रदेश सांसद मनिष सुमन, प्रदेश सांसद रनमआशीष यादवलाई हराशंख, नेकपा प्रदेश सांसद रामचन्द्र मण्डललाई सिलौटा, राजपाका प्रदेश सांसद प्रमेश्वर साहलाई भभकौवा, जनकपुरधामकी उपमेयर रीता झालाई टुनमुसरी, पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष अनिल मिश्रलाई लोढाशंकर, मैथली विकास कोषाका अध्यक्ष जीवनाथ चौधरीलाई घरघुसना, साहित्यकार रोशन जनकपुरीलाई बेलगोवना, युवा अभियन्ता सुशील कर्णलाई बेश कुल्हैर, पिपरा नगरपालिका प्रमुख विक्रम चौधरीलाई खाप सुरत, पुनम झालाई अदलबदली, बलराम साहलाई बज्रकिट उपाधि प्रदान गरिएको छ।


