विप्लव समूहका बारा इन्चार्ज पक्राउ

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका बारा इन्चार्ज पक्राउ परेका छन्। विप्लव समूहको नारायणी ब्युरो सदस्य समेत रहेका इन्द्रबहादुर नकडोलीलाई आइतबार साँझ चेकजाँचका क्रममा पक्राउ गरेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

मकवानपुरको हेटांैडा उपमहानगरपालिका १६ का इन्द्रबहादुर बारामा एनसेल टावरमा आगजनी तथा चन्दा असुलीमा संलग्न रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा आइरहेका इनद्रबहादुरलाई जितपुर सिमरा उपमहानगरपालिका ७ मा चेकजाँचका क्रममा ईलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको हो।

उनको साथबाट ६ थान मोबाइल, नेपाल टेलिकमको ६ थान सिमकार्ड, विप्लव समूहसँग सम्बन्धित पर्चा पम्प्लेट बरामद गरेको छ।

२०७६ पुस १५ गते रात्री सिमरा र फत्तेपुरमा रहेका एनसेल टावरमा आगजनि गरेको घटनामा उनको संलग्न रहेको प्रहरीले जनाएको छ।

नेपाल पत्रकार महासंघ गोरखाको भवन शिलान्यास

Previous articleयस वर्षको महामूर्ख बने मुख्यमन्त्री राउत, अरु कसलाई के उपाधि?
Next articleसशीन र दीपेशको जोडीलाई दशौं बबिन स्मृति ब्याडमिन्टनको उपाधि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।