
काठमाडौं, २६ फागुन । कारोना भाइरसको त्रासबीच पनि काठमाडौं उपत्यकामा फागू पर्व मनाउन युवाहरु मास्क लगाएरै सडक र चोकचोकमा उत्रिए । फागू पर्व मनाउन विदेशी पर्यटकहरुको उपस्थिति पनि उल्लेख्य देखिएको थियो । कोरोनाको त्रासको कारण विगतका बर्षहरुमा झै उल्लासमय नरहे पनि काठमाडौंको नयाँ बानेश्वर , वसन्तपुर , ठमेललगायतका स्थानमा युवाहरु रंग दलेर फागूको उमंगमा रम्ने […]


