इसन विश्वकर्माले हात पारे स्कुल डान्स आइडल २०७६ को उपाधि

धरान / सुनसरी उद्योग वाणिज्य संघ द्वारा आयोजित १० दिने औद्योगिक व्यापार मेलाको अवसरमा आयोजित स्कुल डान्स आइडल २०७६ को उपाधि सैनिक आवशिय माविका छात्र इसन विश्वकर्माले हात पार्न सफल भएका छन्। शनिबार पब्लिक हाईस्कुलको खेल मैदानमा आयोजित मेलाको समापन समारोहमा भएको स्कुल डान्स आइडल फिनाले प्रतियोगितामा विश्वकर्माले उपाधिसँगै नगद ५० हजार ५ सय ५१रुपैयाँका साथमा प्रमाणपत्र र मायाको चिनो समेत हात पारे।

यस्तै सुनाखरी इङलिस बोर्डिङ स्कुल धरानकी बिनिसा राई दोस्रो बन्दै नगद २५ हजार ५ सय ५१ रुपैयाँका साथमा प्रमाणपत्र र मायाको चिनो प्राप्त गरिन्भने आवरहोम बोर्डिङ स्कुल धरानकी करिश्ता राई तेस्रो बनिन्। उनले नगद १५ हजार ५ सय ५१ रुपैयाँका साथमा प्रमाणपत्र र मायाको चिनो प्राप्त गरिन्। प्रतियोगिताका मुख्य निर्णायक वरिष्ठ नृत्य निर्देशक गोविन्द राई, धरानकी नृत्य निर्देशक नन्दनी राई र निका मोक्तान रहेका थिए।

बिजेताहरुलाई आयोजक संस्थाका अध्यक्ष गिरीधारी सापकोटा, कार्यक्रम संयोजक शिवराज श्रेष्ठ, कोषाध्यक्ष गोपाल श्रेष्ठ एवं निर्णायकहरु समेतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा धरानका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुगरी १७ वटा विद्यालयका २८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। जसमा सहभागी २८ बाट दोश्रो चरणमा १५ जना छनौट भएका थिएभने अन्तिम फिनालेमा १० जना प्रतिस्पर्धीलाई मात्र लगिएको थियो।

The post इसन विश्वकर्माले हात पारे स्कुल डान्स आइडल २०७६ को उपाधि appeared first on Purbeli News.

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

Previous articleयुएईमा दुई नेपालीमा कोरोना भाइरस संक्रमण
Next articleबर्दियाका दुई युवा व्यवसायीले बनाइदिए गरीब परिवारका लागि घर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।