काठमाडौं । आयोजक बाल विकास बोर्डिङ स्कुलले प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङ्फु प्रतियोगिताको उपाधि जितेको छ । थाउलोमा १० र सान्डामा ७ गरी जम्मा १७ स्वर्ण जित्दै बाल विकास टिम च्याम्पियन बनेको हो ।दोस्रो भएको भ्याली पब्लिकले ८ स्वर्ण हात पा¥यो । तेस्रोे स्थानमा चित्त बुझाएको मकवानपुरको सनराइज स्कुलले ७ स्वर्ण प्राप्त ग¥यो ।
बाल विकासको २५औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको पुरुषमा बाल विकासका रुपेश खतिवडा तथा महिलामा कौशलकी सिर्जना तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।
बूढानीलकण्ठस्थित आयोजककै हातामा भएको प्रतियोगिताअन्तर्गत पुरुष ६०–६५ केजीमा पिचल्यान्डका तेजबहादुर मगर, ७० केजीमाथि बाल विकासका रुपेश खतिवडा, ५५–६० केजीमा बाल विकासका समराज गुरुङ, २५–३० केजीमा बाल विकासका सौगात चन्द, ३०–३५ केजीमा भद्रकालीका दिपु खरेल, ३५–४० केजीमा बाल विकासका पवन विष्ट, ४५–५० केजीमा भ्याली पब्लिकका लक्ष्मण परियार र ५०–५५ केजीमा भद्रकालीका इमानसिंह थापाले स्वर्ण जिते ।
महिला ५०–५५ केजीमा भ्याली पब्लिककी सोनाम वाङ्मो लामा, ५५–६० केजीमा ज्ञानकुमारीकी सनिता दुमी राई, २०–२५ केजीमा भ्याली पब्लिककी सक्रिय मगर, ३०–३५ केजीमा सेबकी भीमलक्ष्मी भ्लोन, २५–३० केजीमा संस्कारकी स्मृति थापा मगर र ४५–५० केजीमा बाल विकासकी सपना शाहीले पहिलो स्थान हात पारे ।
विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल, बूढानीलकण्ठ–३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ, बाल विकासका अध्यक्ष शंकरदास श्रेष्ठ, बाल विकासका प्रिन्सिपल महेशकुमार श्रेष्ठ, बाल विकास भाइस प्रिन्सिपल दिनेश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न ४२ विद्यालयका ३ सय ५७ खेलाडीले ३२ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सुकमान लामाले जनाएका छन् ।
The post कुङ्फुमा बाल विकास च्याम्पियन appeared first on Rajdhani Daily News.
महिला हिंसासम्बन्धी कानुनी विषयमा संसद्मा छलफल गर्न पाइएन : मन्त्री रेग्मी


