किड्स् एण्ड टीन्स् ग्लोबल मोरंगकाे फाइनल सम्पन्न, बिजेताले पाए २५ हजार नगद र विभिन्न उपहार

इटहरी / ड्रीम सर्च एजेन्सी किड्स एण्ड टीन्स ग्लोबल मोरंग २०२० काे फाइनल सफलतापूर्वक सम्पन्न भएको छ । फागुन २५ गते विराटनगरमा भएकाे फाइनलमा प्रिकिड्स, किड्स र टीन गरी ३ वटा विधामा बिजेता घाेषित गरिएकाे थियाे ।

प्रिकिड्समा दिवम् राखेचा, किड्समा अंश अग्रवाल र टीनमा काशिस राई विजेता भएका थिए । प्रिकिड्स वर्गमा श्रेयश शर्मा पहिलो रनर अप र जेनिशा जोशी दोस्रो रनर अपकाे उपाधि जितेकी थिइन् । किड्स तर्फ मोनिका भट्टराई पहिलो रनर अप र साक्षी सहनी दोस्रो रनर-अप भए भने टीन तर्फ अर्पिता राजवंशी पहिलो रनर अप र जनक खत्री दोस्रो रनर अप घाेषित भए ।

प्रतियोगिताको बिजेताले नगद २५ हजार रुपैयाँको साथै ताज, ट्रफी, प्रमाणपत्रहरू र विभिन्न गिफट ह्याम्परहरू प्रादान गरिएकाे
ड्रीम सर्च एजेन्सीका संस्थापक / सीईओ कमल छेत्रीले जानकारी दिए । त्यस्तै पहिलो रनर अपले थाइल्यान्ड प्याकेज (थाईल्याण्ड एयरफेयर र भिसा शुल्कको छुट) मा १५% छुट, दोस्रो रनर अप १०% पाउनुका साथै १ दिनको विशेष कोरियोग्राफी कक्षामा सहभागी हुन पाउने छन् । बालवालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गर्नुको साथै उनीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका संयोजक प्रवलदीप विश्वासले बताए ।

कार्यक्रमका जज् हरूमा अन्तराष्ट्रिय माेडल तथा थाइल्यान्ड इन्टरनेस्नल फेसन फेस्ट २०१९ का नेपालका लागि ब्रान्ड एम्बेस्टर सेरअप ग्याल्सेन लामा, मिस् पुर्वाञ्चल २०१३ की विजेता नेहा बजाज्, किन्डर पिल्लर प्रिस्कुल इटहरी तथा बिराटनगरका निर्देशक (डायरेक्टर) श्रुती शर्मा, मिस्टर पुर्वाञ्चल २००६ तथा मिस्टर हेन्डसम् नेपाल २०१० का विजेता जय शर्मा रहेका थिए ।

कार्यक्रम स्पार्क एडभर्टाइजिङ द्वारा सहजिकरण गरीएको थियो । नेस्नल एग्राे रिसाेर्ट प्रति समर्थित कार्यक्रमका संयोजक प्रवलदीप विश्वास र रोशन प्रधान थिए भने, कोरियोग्राफी सुमन खड्काले सिजान चौधरी, प्रभा राजवंशी र अन्सन राईले गरेका थिए । अफिसियल फाेटाेग्राफरमा सागर कुमार रहेका थिए ।

The post किड्स् एण्ड टीन्स् ग्लोबल मोरंगकाे फाइनल सम्पन्न, बिजेताले पाए २५ हजार नगद र विभिन्न उपहार appeared first on Purbeli News.

राजसंस्था पुनःस्थापनाको सम्भावना अब समाप्त भयो- अध्यक्ष थापा

Previous articleखड्काको हत्या अभियोगमा  एक पक्राउ
Next articleकोरोनाकाे कुनै संकट नदेखिएकाेले त्रिविको परीक्षा यथावत चल्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।