मार्च १४ तारिक स्विनडनमा भ्वाईस अफ नेपालको कन्सर्ट हुदै

स्विनडन र बेलायतको स्विनडन सहरमा आउँदो मार्च १४ तारिक शनिबारको दिन भ्वाईस अफ नेपाल सिजन (२ का बिजेता तथा फाइनालिस्टहरुको भब्य कन्सर्ट आयोजना हुदैछ । केएस एस इन्टरटेनमेन्ट ग्रुपको आयोजना तथा व्यस्थापनमा स्विनडनस्थित एमइसीए रीजेन्ट सर्कस हलमा आयोजना हुने कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भैसकेको ग्रुपका सुरेश कुमार परियारले बताउनुभयो ।

अहिले युके टुरमा रहेको भ्वाईस अफ नेपाल सिजन (२को टोलीमा बिजेता राम लिम्बु संगै याङ्कि याल्मो , बिकाश लिम्बु , सनिश श्रेष्ठ र अन्जु राना मगर संगै चर्चित प्रस्तोता तथा भ्वाईस अफ नेपालका प्रमुख सुशील नेपाल पनि छन्। अल्डरशट , बसिंगस्टोकमा भयको कन्सर्टहरु एकदमै सफल रहेको र स्विनडनको कन्सर्ट पनि सफल हुने र टिकटहरु पनि लगभग सकिसकेको आयोजक केएस एस इन्टरटेनमेन्ट ग्रुपले जनाएको छ ।

स्विनडनको कन्सर्टमा स्थानीय होस्टमा सिर्जना निन्ग्लेकु रहेकी छिन् भने स्थानीय गायकमा मिलन राईको समेत प्रस्तुति रहनेछ साथै कार्यक्रमको अन्त्यमा युकेको टप डिजे एलेक्सले दर्शकहरुलाई नचाउनेछन् । याक (द हिमालयन किचेन , मोमो किङ्ग , कोब्रा वर्ल्ड बियर , माल्बांड बोन्डको प्रायोजनमा केएस एस इन्टरटेनमेन्ट ग्रुपले कार्यक्रम आयोजना गर्न लागेको हो ।

The post मार्च १४ तारिक स्विनडनमा भ्वाईस अफ नेपालको कन्सर्ट हुदै appeared first on Purbeli News.

एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी

Previous articleफुटबलमा विभेदः महिला खेलाडीकाे पारिश्रमिक पुरुषकाे भन्दा आधा
Next articleओसियाना टोकियो ओलम्पिक २०२० बक्सिङ छनोटमा सहभागी भएको नेपाली टोली स्वदेश फिर्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।