
भारतको ओडिसामा होली मनाएर नदीमा नुहाउने क्रममा १५ जनाको मृत्यु भएको छ।
मंगलबार होली मनाएर नुहाउने क्रममा विभिन्न स्थानमा गरी १५ जनाको मत्यु भएको हो।
बीबीसीका अनुसार होली मनाएर आफ्ना साथीसँग विभिन्न नदी तथा पोखरीमा नुहाउन गएका १५ जनाको शव डुबेकाे अवस्थामा भेटिएको सुरक्षा अधिकारीले बताएका छन्।
विगतका वर्षमा पनि होलीका बेला मादक पदार्थ खाएर नुहाउने क्रममा मृत्युका घटना हुने गरेकाले स्थानीय प्रशासनले नदीमा जान प्रतिबन्ध लगाएको थियो।
तर प्रशासनको प्रतिबन्धलाई बेवास्ता गरेर नदीमा नुहाउन जाँदा दुःखद घटना भएको ओडिसा राज्यको कटकका जिल्ला कलेक्टर भवानी शंकर चयनीले बताएका छन्।
उनले कटकमा मृत्य भएका ३ जनाको परिवारलाई सरकारका तर्फबाट ४ लाख भारु राहत दिने घोषणा गरेका छन्।


