सावित्रा सम्मिलित गोकुलम केरला एफसी भारतीय महिला लिगमा छनोट

नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा सम्मिलीत गोकुलम केरला एफसी भारतीय महिला लिगमा छनोट भएको छ।

समग्रमा अलकापुरा लाई ९-१ ले हराउँदै गोकुलम आइ लिगमा छनोट भएको हाे। बुधबार दोस्रो लेगमा गोकुलमले अलकापुरालाइ ८-१ ले हराएको छ।

गोकुलमको जितमा सावित्राले २ गोल गरिन्। उनलै दुवै गोल खेलको पहिलो हाफमा गरेकी थिईन्। कमलाले ३, दयाले २ र मनिषाले १ गोल गरे। 

पहिलो लेगमा गोकुलमले अलकापुरालाई १-० ले हराएको थियो।

लिगमा गोकुलमबाट सावित्रा भण्डारी मैदान उत्रदा डिफेन्डिङ च्याम्पियन सेथु एफसीमा अनिता बस्नेत सहभागी छन्। गोकुलम समुह बी र सेथु समुह ए मा रहेको छ। शुक्रबारदेखि सुरु हुने आइ लिग फेब्रुअरी १४ सम्म चल्नेछ।

इराकमा रहेको अमेरिकी दूवातावमा हवाई हमला, इरान समर्थित समूहको गरेकाे अमेरिकाकाे दाबी

Previous articleसन्दीपको टोलीको तेस्रो हार
Next articleकमेडी च्याम्पियनमा इटहरीका सुमनले दिए अहिले सम्मकै उत्कृष्ट प्रस्तुती
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।