मलेशिया बाट आयो दु:खद खबर: शौचालयमा ढलेका सन्तोषको गयो ज्यान

क्वालालम्पुर- मलेसियाको पेनाङ्ग राज्यको पेराई पुलाउ पिनाङ्गमा एक म्यानुफ्याक्चरिङ कम्पनीमा काम गर्दै आएका नेपाली श्रमिकको मृत्यु भएको छ। ५ बर्ष पहिले मोन्टेज ओभरसिस प्राइभेट लिमिटेडबाट तासिन हार्डवेयर एसडिएन बिएचडी नामक कम्पनीमा काम गर्दै आएका सुनसरी जिल्ला निवासी सन्तोष कुमार ठाकुरको मृत्यु भएको सोही कम्पनीमा कार्यरत नेपाली सुपरभाइजर शिव खड्काले जानकारी दिए।

श्रोतका अनुसार सन्तोष हिजो मंगलबारको दिन कम्पनीमा काम गर्ने बेलामै साझको समयमा सौचालयमा गएको तर लामो समयसम्म पनि काममा नफर्किएपछि खोजी गर्दै जाँदा दिशा गरिरहेकै अवस्थामा अर्धनग्न सौचालय भित्रै ढलेको फ़ेला परेका थिए। सन्तोषले लामो समयसम्म सौचालयको ढोका नखोलेपछी सौचालयमा माथिल्लो तहमा रहेको स्यानो प्वालबाट मोबाईल छिराएर फोटो तान्दा मृत अवस्थामा सौचालय भित्रै ढलेको अवस्थामा देखिएपछि , सौचालयको ढोका फोड्न परेको थियो।

चेकजाँच गर्दा उनको मृत्यु भइसकेको अवस्थामा फ़ेला पारिएको कम्पनी स्रोतले जानकारी दिएको हो। प्राप्त जानकारी अनुसार हाल सन्तोषको शवको पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको छ।सन्तोषको मृत्यु दिशा गर्न सौचालय गएकै बेला हर्ट अट्याक (हृदयघात) भएर मृत्यु भएको हुन सक्ने आशँका गरिएको छ।

मृतक श्रमिक सन्तोषको घरमा आमा,बुवा,श्रिमती र छोराछोरी रहेका छन। कम्पनी स्रोतले दिइएको जानकारी अनुसार मृत शवको पोस्टमार्टम सकिएपछि रिपोर्टको आधारमा शवलाई नेपाल फर्काउने सम्पुर्ण प्रक्रिया थालिने जानकारी दिनुभयो। सन्देशप्रवाह डटकम बाट 

https://ujyaalonepalnews.com/archives/16493

Previous articleत्रिभुवन विमानस्थलकाे टर्मिनलबाट ‘गाेल्डेन गेट’ सम्म निःशुल्क बस सेवा सुरु
Next articleओमिक्रोम भाईरसको त्रास: विभिन्न ९ देश बाट नेपाल आउन प्रतिबन्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।