कटहरीमा एकता प्रकृया टुंगियो

विराटनगर, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा कटहरी गाउँपालिकाको एकता प्रकृया टुंगिएको छ ।

बधुबार बसेको बैठकले जिम्मेवारी बाडफाड गर्दै पार्टी एकता प्रकृया टुंगो लगाएको हो ।

गाउँकमिटि अध्यक्ष जीतनारायण सरदकारको अध्यतामा बसेको बैठकले आठवटा संगठन विभागको जिम्मेवारी बाडफाड गरेको थियो ।

बैठकले संगठन विभागको प्रमुखको जिम्मेवारी मुकेश बुढाथोकीलाई दिएको छ ।

आर्थिक विभागको जिम्मेवारी किशोर भट्टराई, स्कुल विभाग प्रमुखको जिम्मेवारी किशोरकुमार पाण्डेलाई दिएको छ ।

त्यस्तै युवा तथा खेलकुद विभागको जिम्मेवारी सुरेन्द्र राजवंशी, श्रम तथा स्वरोजगार विभागको जिम्मेवारी युवराज राजवंशी, कृषि तथा भूमि सुधार विभागको जिम्मेवारी शिवशंकर यादव, अनुशासन विभाग प्रमुखको जिम्मेवारी योगेन्द्र यादव र संसदीय दल प्रमुखको जिम्मेवारी पृथ्बीलाल सरदारलाई दिएको छ ।

बुधबार बसेको बैठकमा नेकपाका प्रदेश सदस्य मृत्युन्जय झा, गाउँपालिका इञ्चार्ज प्रदिप साह, सुवास कुमार सरदार, श्यामकुमार मण्डललगायतको उपस्थीति रहेको संगठन विभाग प्रमुख मुकेश बुढाथोकीले जानकारी दिए ।

The post कटहरीमा एकता प्रकृया टुंगियो appeared first on Koshi Online.

प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपतिमा गणेशमान

Previous articleएउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैन : स्वास्थ्यमन्त्री ढकाल
Next articleराष्ट्रिय सभा सदस्य निर्वाचन निर्वाचन स्थल आइपुगे मतदाता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।