एउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैन : स्वास्थ्यमन्त्री ढकाल

कञ्चनपुर, ८ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएका छन् ।

शुक्लाफाँटा नगरपालिका–४ असैँना स्वास्थ्यचौकीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै औजारमा करोडौँ कमिसन खाने कार्यले स्वाथ्य क्षेत्र बन्दैन भने ।

पिपलाडी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउने घोषणा भइसकेको बताउँदै उनले सरकारबाट औजार, भवन, चिकित्सक, औषधिलगायत के कुरा चाहिएको हो, ठोस प्रस्ताव लिएर आउनु होस्, त्यो पूरा गर्न आफू तयार रहेको छु भने ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएका ढकालले नयाँ संविधान बनेपछिको निर्वा्चित सरकारले २ सय ४२ नयाँ कानून बनाएको बताउँदै महिलाका लागि अंशवंशको कानून बनाइएको र त्यसलाई व्यवस्थित गरिने, दलित समुदायका लागि जग्गा दिने कुरा कानूनमै उल्लेख गरिएकाले जग्गाको मालिक बनाएर नै छाड्ने दृढता व्यक्त गरे ।

अपराधी पत्ता नलाग्दासम्म क्षतिपूर्ति पाउनेसम्मको कानून निर्माण गरिएको पनि उनले बताए ।
उनले भने, ‘सुकुम्वासी समस्या समाधानका लागि भूमिसम्बन्धी कानून बनेको छ । जुन ठाउँमा वर्षौंदेखि बस्नुभएको छ । नडराइकन बस्नोस् । अधिकार सम्पन्न आयोग बनाएर जनताका हातमा जग्गाधनी पूर्जा उपलब्ध गराउँछौँ ।’

The post एउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैन : स्वास्थ्यमन्त्री ढकाल appeared first on Koshi Online.

मुलुक उच्च आर्थिक वृद्धिदर भएका १० देशको सूचीमा : प्रधानमन्त्री

Previous articleकमेडी च्याम्पियनमा इटहरीका सुमनले दिए अहिले सम्मकै उत्कृष्ट प्रस्तुती
Next articleकटहरीमा एकता प्रकृया टुंगियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।