ओखलढुंगामा जिप पल्टिँदा १२ घाइते

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ४ केतुकेमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

वीरगन्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश ३-०१२२ च ३१८३ नम्बरको जिप बिहीबार बिहान सडकबाट डेढसय मिटर तल खस्दा दुर्घटना भएको हो।

घाइतेको मिसन अस्पताल ओखलढुंगामा उपचार भइरहेको प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। तिब्र गतिका कारण जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

Previous articleअब गुराँस मासे कडा कारवाही
Next articleभारतीय सेना हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।