कोरोना नियन्त्रण गर्न चीनले विज्ञसहित ३१ टन स्वास्थ्य सामाग्री इटली पठायो

बिहीबार चीनले विज्ञको टोली र कोरोना नियन्त्रणमा सहयोग पुर्याउने स्वास्थ्य सामाग्री भेन्टिलेटर, मास्क, औषधिजन्य ३१ टन पदार्थ इटली पठाएको सीजीटीएनले जनाएको छ।

इटली हाल चीनपछि सबैभन्दा कोरोनाले ग्रस्त मूलुक हो। त्यहाँ हालसम्म १२ हजार ४६२ कोरोनाबाट संक्रमित बनेका छन्। ८२७ जनाको भने मृत्यु भइसकेको छ।

हाल करिब ६ करोड जनसंख्या भएको इटली ठप्प पारिएको छ। सरकारले कसैलाई घरबाट बाहिर निस्कन दिएको छैन। कोरोना संक्रमित तीब्र गतिमा बढ्दै गएपछि सबैलाई घरमै बस्न भनिएको हो।

चीनले कोरोनाको प्रभाव आफ्नो देशमा समाप्त भएको घोषणा गरेकै दिन इटलीमा सहयोग गर्न स्वास्थ सामाग्री र विज्ञको टोली पठाएको हो।

चीनमा हालसम्म ८० हजार ७९६ कोरोनाबाट संक्रमित छन्। त्यहाँ ३ हजार १६९ को मृत्यु भइसकेको छ। ६२ हजार ८०९ उपचारपछि स्वस्थ्य बनेका छन्।

धादिङको महेश फाँटमा बन्यो सुविधासम्पन्न बृद्धाश्रम

Previous articleविद्युत्मा नयाँ महसुल दर, आयोगले सार्वजनिक सुनुवाइ गर्दै
Next articleआहारारा गोल्डकप : पहिलो हाफमा आर्मीविरुद्ध मनाङको अग्रता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।