मौसम धुम्मियाे : वर्षा, चट्याङ, असिना र हावाहुरीकाे सम्भावना

पश्चिमी वायुको प्रभावले नेपालको मौसमी प्रणालीमा बदलाव आएको छ । आज देशका पश्चिमी तथा मध्य भू-भागमा मौसम बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहानैदेखि काठमाडौँ उपत्यकाको मौसम धुम्मिएको छ । यहाँकाे आकाशमा बाक्लो बादल देखिन्छ । पश्चिम नेपालका धनगढीलगायत स्थानमा पनि माैसम धुम्म परेर हलका वर्षा समेत भइरहेको जनाइएको छ ।

आज शुक्रबार दिउँसो देशैभरको मौसममा सामान्य बदली रहने महाशाखाको भनाइ छ । पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात समेत हुने देखिन्छ ।

आज राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगायत मध्य का धेरै स्थानहरूमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाे महाशाखाकाे भनाइ छ ।

भोलि शनिबार पनि देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने र देशका केहि स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग र असिना तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले पश्चिमी भू-भाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग र असिना तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरेकाे छ ।

जापानी अनुसन्धानकर्ताको टोलीले चितवनमा तेल उद्योगको सर्वेक्षण गर्ने

Previous articleजनता पत्याउदैनन् कोरोनाको परिक्षण, नेपालको परीक्षण कति विश्वसनीय ?
Next articleश्रम स्वीकृति अनिश्चितकालका लागि बन्द, नेपाल आउनेले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।