कोरोना भाइरसका कारण वुहानमा आउजाउ नगर्न चीनको आग्रह

रहस्यमय कोरोना भाइरस संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि चिनियाँ अधिकारीहरुले वुहान सहर भ्रमण नगर्न आग्रह गरेका छन्।

यो भाइरसबाट हालसम्म ९ जनाको ज्यान गइसकेको छ।

झन्डै ९० लाख मानिस बसोबास गर्ने वुहान सहरका बासिन्दालाई पनि सरकारले भिडभाडयुक्त स्थानमा नजान आग्रह गरेको छ।

‘वुहान सहरमा नजानुहोला। वुहानमा रहनुभएकाहरु अन्यत्र नजाउनुहोला,’ चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री ली बिनले भने।

वुहानमा पहिलो पटक भेटिएको यो भाइरस अहिले चीनका विभिन्न प्रान्छ, अमेरिका, थाइल्यानड र दक्षिण कोरियासम्म पुगिसकेको छ।

हालसम्म यसबाट ४ सय ४० जना ग्रसित भइसकेका छन्।

विश्व स्वास्थ्य संगठनले यसको जोखिमबारे अध्ययन गर्न बैठक डाकेको छ। एजेन्सी

फोहर ब्यबस्थापन गर्दै वडा कार्यालय

Previous articleसाउदीमा मृत्युदण्डको सजाय सुनाइएका उमेश यसरी बाँचेर फर्के
Next articleमछिन्द्रको जित, आर्मीसँग अंक बराबर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।