लकडाउनको अवधि बढाउने सरकारको तयारी

काठमाडौं : एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाउने गरी सरकारले आवश्यक तयारी थालेको छ । हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने सरकारको तयारी छ ।

लकडाउनको अवधि थपिने भएकाले सोही अनुसारको तयारी अघि बढाउन समेत गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।

भारत र तेसो मुलुकबाट नेपाल आएका तथा अस्पतालको आइसोलेसनमा उपचाररत व्यक्तिको अन्तिम स्वास्थ्यजाँच रिपोर्ट विश्लेषणपछि मात्रै लकडाउनबारे पुर्नविचार हुने बताइएको छ ।

कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समन्वय समितिले पनि समय थप हुने भएकाले सुरक्षा तथा दैनिक उपभोग्य बस्तुको सहज व्यवस्थापन गर्न सरोकारवालालाई निर्देशन दिएको छ ।

चैत्र ११ गतेदेखि १८ गतेसम्म एक साताका लागि सरकारले लकडाउन घोषणा गरेको छ । छिमेकी भारतले तीन साता लामो लकडाउन गरेको छ ।

सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै विपन्न समुदायका महिला

Previous articleबिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई सिधै क्वारेन्टाइनमा
Next articleलकडाउन नटेर्नेलाई प्रहरीको लाठी, उठबस देखि काँधमा साईकल सम्म
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।