लकडाउनको अवधि बढाउने सरकारको तयारी

0
43

काठमाडौं : एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाउने गरी सरकारले आवश्यक तयारी थालेको छ । हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने सरकारको तयारी छ ।

लकडाउनको अवधि थपिने भएकाले सोही अनुसारको तयारी अघि बढाउन समेत गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।

भारत र तेसो मुलुकबाट नेपाल आएका तथा अस्पतालको आइसोलेसनमा उपचाररत व्यक्तिको अन्तिम स्वास्थ्यजाँच रिपोर्ट विश्लेषणपछि मात्रै लकडाउनबारे पुर्नविचार हुने बताइएको छ ।

कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समन्वय समितिले पनि समय थप हुने भएकाले सुरक्षा तथा दैनिक उपभोग्य बस्तुको सहज व्यवस्थापन गर्न सरोकारवालालाई निर्देशन दिएको छ ।

चैत्र ११ गतेदेखि १८ गतेसम्म एक साताका लागि सरकारले लकडाउन घोषणा गरेको छ । छिमेकी भारतले तीन साता लामो लकडाउन गरेको छ ।

सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै विपन्न समुदायका महिला

Previous articleआज २०७६ साल चैत १४ गते शुक्रबार, आजको तपाईको दिन कस्तो छ? (रा’शि’फल)
Next articleलकडाउनमा मेला, ४ हजारको भीड, झडप हुँदा १२ घाईते