आज वि.सं.२०७६ साल चैत्र २६ गते, बुधबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिस्पर्धिकाे रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैयाँ पैसा नआउने तथा आफन्तलाई दिएको रुपैयाँ पैसाले सत्रुता बढाउनेछ । धन सम्पति हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्यालग गर्नुहोला । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ भने मामा तथा आफन्तसँग विवाद बढ्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्नेछ । विलाशीताले खर्च बढाउनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ । बौद्धिकताले सम्मान दिलाउनेछ । व्यापारमा भने मन्दि आउनेछ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कुनै काम शुरु गर्नुभन्दा पनि पूरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसि सुख सुविधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धिहरु हावि हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पारिवारिक असमझ्दारिले कामहरु गर्न केही कठिनाई हुनेछ भने दाजुभाइसँग विवाद बढ्ने योग रहेकोछ । कुनै पनि काम गर्नको लागि गरिने यात्रा कष्टप्रद हुन सक्छ । व्यापारमा लगानी गरिहाल्ने समय रहेको छैन । प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने खर्चनुहोला । स्वअध्ययनले पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवस्यक सहयोग पाइने हुनाले मन खुशी रहनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने छैन । स्वअध्ययनले पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवनसाथीको सहयोगले राम्र काम गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वदेशी तथा विदेशी सामानको बिक्री वितरणमा समस्या पैदा हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्ने बानिले कामहरु बिग्रन सक्छ । अनावश्क खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वअध्ययनले पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । व्यापार व्यवसायमा लगानी गर्नको लागि समय प्रतिकुल रहेकोछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्राकृतिक स्रोत तथा पैत्रिक धन सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समाजमा विवाद हुने योग रहेकोछ । कार्य क्षेत्रमा अरुको नकारात्मक टिका टिप्पणिले समस्या पैदा हुनेछ भने खुट्टा तान्नेहरु हावि हुनेछन् । व्यापारमा मन्दि आउनेछ भने नोकरीमा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । प्रेममा नजिक हुने समय रहेपनि एक अर्काको भावनालाई कदर गर्न नसक्दा टाढिनु पर्ने बाध्यता आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धर्ममा आस्था बढ्नेछ । प्रेम प्रशंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछ । खाद्यन्न सम्वन्धी व्यापारमा बृद्धि भएपनि अन्य व्यापारमा घाटा लाग्नेछ । वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अनावश्यक विषयमा विवादमा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आई दैनि कामहरु प्रभावित हुने हुनाले आर्थिक संकटको सामना गर्नु पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिीबहिनीसँग सामान्य कुरामा मनमुटा बढ्नेछ । माया प्रेममा गोप्य कुरा मनमा राख्न नसक्दा मनमुटाब बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वअध्ययनले पढाइ लेखाइमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी गणेश काफ्ले ।

१९ जनामा कोरोना सङ्क्रमण, १८ जना डिस्चार्ज

Previous articleदिल्लीको निजामुद्दिनमा भएको तबलिगी जमात भेलामा चितवन टाँडी बाट समेत सहभागी रहेको खुलासा
Next articleरत्ननगर वडा नं. १६ मा अति विपन्न वर्गलाई राहत वितरण (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।