आज वि.सं.२०७६ साल चैत्र २६ गते, बुधबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)

0
104

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिस्पर्धिकाे रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैयाँ पैसा नआउने तथा आफन्तलाई दिएको रुपैयाँ पैसाले सत्रुता बढाउनेछ । धन सम्पति हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्यालग गर्नुहोला । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ भने मामा तथा आफन्तसँग विवाद बढ्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्नेछ । विलाशीताले खर्च बढाउनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ । बौद्धिकताले सम्मान दिलाउनेछ । व्यापारमा भने मन्दि आउनेछ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कुनै काम शुरु गर्नुभन्दा पनि पूरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसि सुख सुविधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धिहरु हावि हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पारिवारिक असमझ्दारिले कामहरु गर्न केही कठिनाई हुनेछ भने दाजुभाइसँग विवाद बढ्ने योग रहेकोछ । कुनै पनि काम गर्नको लागि गरिने यात्रा कष्टप्रद हुन सक्छ । व्यापारमा लगानी गरिहाल्ने समय रहेको छैन । प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने खर्चनुहोला । स्वअध्ययनले पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवस्यक सहयोग पाइने हुनाले मन खुशी रहनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने छैन । स्वअध्ययनले पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवनसाथीको सहयोगले राम्र काम गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वदेशी तथा विदेशी सामानको बिक्री वितरणमा समस्या पैदा हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्ने बानिले कामहरु बिग्रन सक्छ । अनावश्क खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वअध्ययनले पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । व्यापार व्यवसायमा लगानी गर्नको लागि समय प्रतिकुल रहेकोछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्राकृतिक स्रोत तथा पैत्रिक धन सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समाजमा विवाद हुने योग रहेकोछ । कार्य क्षेत्रमा अरुको नकारात्मक टिका टिप्पणिले समस्या पैदा हुनेछ भने खुट्टा तान्नेहरु हावि हुनेछन् । व्यापारमा मन्दि आउनेछ भने नोकरीमा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । प्रेममा नजिक हुने समय रहेपनि एक अर्काको भावनालाई कदर गर्न नसक्दा टाढिनु पर्ने बाध्यता आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धर्ममा आस्था बढ्नेछ । प्रेम प्रशंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछ । खाद्यन्न सम्वन्धी व्यापारमा बृद्धि भएपनि अन्य व्यापारमा घाटा लाग्नेछ । वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अनावश्यक विषयमा विवादमा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आई दैनि कामहरु प्रभावित हुने हुनाले आर्थिक संकटको सामना गर्नु पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिीबहिनीसँग सामान्य कुरामा मनमुटा बढ्नेछ । माया प्रेममा गोप्य कुरा मनमा राख्न नसक्दा मनमुटाब बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वअध्ययनले पढाइ लेखाइमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी गणेश काफ्ले ।

१९ जनामा कोरोना सङ्क्रमण, १८ जना डिस्चार्ज

Previous articleलकडाउनमा पिकनिक खान गएकाहरु प्रहरी देख्ने वित्तिकै वियर र कुखुरा छाडेर फरार
Next articleन्युयोर्कमा कोरोनासँग लडाई जितेका नेपाली भन्छन् : र’क्सी नखानु, रोग नलुकाउनु