चितवनको राप्ती नदीमा हामफालेर एकको मृ’त्यु

राप्ती नदीमा हामफालेर एक जनाको ज्या’न गएको छ । इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं १३ घर भई भरतपुर महानगरपालिका वडा नं २५ मा डेरा गरी बस्ने ३० वर्षीय धनीसिंह नेपाली रहेका छन् । घरायसी झगडाका कारण नेपाली मङ्गलबार साँझ राप्ती नदीमा हामफालेको प्रहरीले जनाएको छ । नेपालीको श’वलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

क्यान्सर अस्पताल कोरोनाको उच्च जोखिममा

यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कोरोना भाइरसको उच्च जोखिममा रहेको छ । अस्पतालमा कोरोनाको सङ्क्रमण देखिएका जिल्लाबाट दैनिक बिरामी उपचारका लागि आउँने भएपछि रोगको जोखिम उच्च भएको हो । अस्पतालका कार्यकारी दिर्नेशक डा विजयचन्द्र आचार्य लकडाउनको समयमा समेत दैनिक एक सय हाराहारी बिरामी आउने गरेको बताउनुहुन्छ ।

अस्पतालमा अत्यावश्यक सेवा मात्र उपलव्ध गराइएको छ । अन्य समयमा यो सङ्ख्या दैनिक ६०० भन्दा बढी हुने गर्दछ । आचार्यका अनुसार यसरी आएका बिरामीमध्ये ९५ प्रतिशत चितवन बाहिरका रहेका छन् । लकडाउनपछि भारतबाट बिरामी नआए पनि सीमा क्षेत्रका बिरामीको सङ्ख्या धेरै भएको अस्पतालले जनाएको छ । अत्यावश्यक रेडियोथेरापी, केमोथेरापी र शल्यक्रियाहरु भइरहेको उहाँले जानकारी दिनुभयो ।

देशैभरबाट बिरामी आउँने हुँदा अस्पताल उच्च जोखिममा परेको आचार्य बताउनुहुन्छ । केही दिन अत्यावश्यक बाहेकका बिरामी अस्पताल नआउन भनिएपनि दबाब थेग्न कठिन भएको आचार्य बताउनुहुन्छ । अस्पतालले विशेषज्ञ चिकित्सकहरुको मोवाइल नम्बर सार्वजनिक गरी परामर्श गर्न अनुरोध गरेको छ । हरेक वर्ष अस्पतालले आठ हजारभन्दा बढी क्यान्सरका बिरामीको उपचार गर्दै आएको छ भने एक लाख ४० हजार हाराहारी बिरामीलाई बहिरङ्ग सेवामा हेर्ने गर्दछ । चिनीया सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा हाल ४५० शैया रहेको छ ।

दैलेखको नौमूले गाउँपालिकामा माओवादी केन्द्रका सुवेदी विजयी

Previous articleकोरोनाबाट मृ’त्यु भए श’व नजिकबाट हेर्न नदिइने, यसरी हुनेछ अन्तिम दाह’संस्कार
Next articleर्‍यापिड टेस्ट गर्दा चितवनमा एकजनामा कोरोना पोजेटिभ देखियो, थप परिक्षणको लागी भरतपुर पठाईयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।