र्‍यापिड टेस्ट गर्दा चितवनमा एकजनामा कोरोना पोजेटिभ देखियो, थप परिक्षणको लागी भरतपुर पठाईयो

३ वैशाख, चितवन। चितवनको रत्ननगर नगरपालिका पिठुवामा रहेको गुन्जमान सिंह कोरोना अस्थाई अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा एक जनामा एन्टीबडी पोजेटिभ देखिएको छ ।  ३४ दिनअघि दक्षिण कोरियाबाट फर्किएका युवकमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको हो । उनको थप परिक्षणको लागि स्वाब संकलन गरेर परिक्षणको लागि भरतपुर कोरोना अस्थायी अस्पतालमा पठाइएको गुञ्जमान अस्पतालले जनाएको छ ।

रत्ननगरका ३९ जनामा आज र्‍यापिड टेस्ट गर्दा ३८ जनाको कोरोना नेगेटिभ आएको र एकजनाको पोजेटिभ आएको हो । कोरोना पोजेटिभ देखिना साथ उनलाई आइसोलेनमा राखिएको छ ।

राहतको रमिता : एक डाडु तेल, दुई मुठी मुसुरोको दाल !

३ बैशाख, पोखरा । लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरण गर्दा पोखरा महानगरपालिकाले वडा नम्बर १७ को घारीकुलो टोलमा पनि राहत बाँड्यो । तर, राहतको नाममा गरिएको रमिताले लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत होइन, थप आहत तुल्याएको छ ।

महानगरपालिकाकाअनुसार मजदुरी गरेर दैनिक गुजारा चलाउने परिवारलाई राहतको व्यवस्था गरिएको छ । तीन जनासम्म सदस्य भएको परिवारलाई एक हजार रुपैयाँ बराबर र तीनभन्दा बढी सदस्य भएको परिवारलाई दुई हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको महानगरको दाबी छ ।

तर, वडा नम्बर १७ को घारीकुलो टोलमा भने राहत वितरणमा रमिता गरेको पाइएको छ । एक प्याकेट नुन चार परिवारलाई बाँडिएको छ भने एक लिटर तेल पनि धेरै परिवारलाई बाँडिएको छ । ७२ वर्षका चक्रबहादुरको भागमा एक डाडु तेल परेको छ, दुई मुठी मुसुरोको दाल परेको छ । ‘चार जनाले खाने हो यो’ उनी भन्दै थिए ।

एक पोको नुन तीन/चार परिवारलाई बाँडिएको छ । त्यो पनि कतिपयले पाएका छैनन् । ‘बरू त्यो अध्यक्षले नै खाओस्, फिर्ता गर्नुस्’ पोखराको फेवा टीभीमा स्थानीय भन्दै थिए । राहत दिनुअघि फोटो खिचेर फारम भराइएको छ । तर, राहत नाममात्रको आएको छ । घारीकुलो टोलमा १५ बोरा चामल र १५ पोका तेल ४१ परिवारलाई वितरण गरिएको टोल विकास संस्था अध्यक्ष विजयप्रसाद आचार्यले जानकारी दिए ।

‘नौ जनासम्म सदस्य भएको परिवारलाई १/१ पोका दिएर पठाएका थियौं । ४/५ जना परिवारलाई भने आफैँ बाँड्नुस् है भनेर दिएका थियौँ’ उनले भने, ‘उनीहरुले आफैँआफैँ कसरी बाँड्ने हामीलाई थाहा भएन ।’ पोखरा महानगरकाअनुसार राहत वितरणका लागि वडा कार्यालयलाई जिम्मा दिएको थियो । वडाले आफ्नो कार्यक्षेत्र ठूलो र बसोबास पनि ठूलो भएको कारण देखाउँदै टोल विकास संस्थालाई जिम्मा दियो । तर टोल विकास संस्थाले सावधानी नपनाउँदै आफूहरुको ‘बेइज्जत’ भएको वडाध्यक्ष तीर्थ अधिकारीले बताए ।

‘हाम्रो वडा ठूलो छ । ७०/८० हजारको बसोबास छ । सबै ठाउँमा वडा पुग्न गाह्रो हुने भएपछि यहाँका चारवटा टोल विकास संस्थालाई जिम्मा दिएका थियौँ,’ वडाध्यक्ष अधिकारीले  भने, ‘उहाँहरुलाई हामीले सर्वपक्षीय बैठक बसेर जिम्मा लगाएका थियौँ । तर खोइ के भयो !’

टोल विकास संस्थाले गरेको काम ठिकै भएको तर, पोका तेलले विवाद निम्त्याएको उनले दाबी गरे । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने वडाले दामासाही तरिकाले राहत बाँड्दा समस्या भएको प्रतिक्रिया दिए । ‘राहत महानगर आफैँ बाँड्न जाने होइन । वडाले दामासाही तरिकाले बाँड्दा समस्या भयो’ उनले भने, ‘अब महानगरले त्यसरी राहत बाँड्दैन । जसको चुल्हो निभ्छ, हामीलाई सम्पर्क गर्छन् । हामी घरघरमै पुर्‍याइदिन्छौँ ।’

काठमाडौंमा बालेनको अग्रता कायमै

Previous articleचितवनको राप्ती नदीमा हामफालेर एकको मृ’त्यु
Next articleलकडाउन’ उल्लङ्घन गर्नेलाई पदकसहित सम्मान गरिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।