लकडाउनमा मर्निङ वाक गर्नेलाई सडकमै पुसअप

तिलोत्तमा, रुपन्देही — सरकारले आह्वान गरेको लकडाउनलाई अहिले प्रहरी तथा स्थानीय निकायले कडा रुपमा पालना गरिरहेका छन् । भैरहवामा लकडाउनलाई उल्लंघन गर्दै बिहीबार बिहान समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जनामध्ये जेष्ठ नागरिकलाई सम्झाइबुझाइ र युवालाई भने सडकमै पुसअप व्यायाम गराइ कारबाही गरिएको छ ।

उनीहरूलाई कारबाहीसँगै सचेतसमेत गराएको सशस्त्र प्रहरी बल नेपाल ३८ नम्बर गुल्म रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले बताए। ‘सिद्धार्थनगर नगरपालिका–१ बाइपास रोडमा भेट्टिएका उनीहरुलाई सम्झाइबुझाइ गरेपश्चात अब घरबाट बाहिर ननिस्कने सर्तमा घर पठाइएको हो’, उनले भने, ‘भोलिदेखि लकडाउनलाई पूर्ण रुपमा पालना गराउन अझ कडा रुपमा खटिनेछौं।’

८०० मतगणना गर्दा रत्ननगर ६ को अपडेट यस्तो छ

Previous articleआज वि.सं.२०७७ साल वैसाख ०४ गते बिहीबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)
Next articleऔषधि किनेर फर्किएका बिरामीलाई प्रहरीको निर्मम लाठी प्र’हार (भिडियो सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।