जनकपुर । कोरोनाभाइरसको त्रासको बेलामा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जना महिलालाई पक्राउ गरेसँगै उनीहरुमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएको छ । प्रादेशिक अस्पताल जनकपुर स्रोतका अनुसार सो अस्पतालमा गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।
उनीहरु दुबैजनाको अहिले पिसिआर विधिबाट टेस्ट भइरहको बताइएको छ। शुक्रबार जनकपुरधामको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा रु १० को दर्जनौं नोट फालेर भागेको स्थानीयको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ती दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको थियो ।


पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्नेहरु हुन् । दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाएको छ । जानकी मन्दिर नजिकैबाट शनिबार ती दुवैजना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

सिसिटीभी फुटेजहरु झिकाएर अध्ययन गर्दा उनीहरुको भूमिका शंकास्पद देखिएको र प्रहरीले सार्वजनिक गरेको हुलिया पनि मिलेकाले स्थानीयकै सहयोगमा ती दुवै महिलालाई पक्राउ उनले गरिएको बताए । शुक्रवार उनीहरुले जथाभावी १० रुपैयाँको नोट छरेको स्थानीयको भनाइ छ । रुपैयाँ किन फ्यालेको भनि सोध्दा ती महिलाहरु कुनै जवाफ नदिइ फरार भएका थिए ।
बागलुङकी ६५ वर्षीया वृद्धा पनि कोरोनाभाइरस संक्रमण मुक्त

कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उपचार गराइरहेकी बागलुङकी ६५ वर्षीय वृद्धा कोरोनामुक्त भएकी छिन् । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत उनको तेस्रो र चौथो स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको हो ।
उनमा बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको पुष्टि भएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जानकारी दिए । अनुसार दुईवटै रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्जको तयारी गरिएको छ ।

चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । बागलुङकै अर्की कोरोना संक्रमित किशोरीको भने रिपोर्ट पोजेटिभ आएको छ । आजै टेकु अस्पतालमा उपचाररत काठमाडौंकी १९ वर्षीया युवती पनि कोरोना मुक्त भएर घर फर्किएकी थिइन् ।
मकवानपुरका दशपालिकामध्ये चारमा कांग्रेस, एमाले दुई र माओवादी एक स्थानमा विजयी


