बैशाख ६, चितवन ।
मुसल्धारे पानी संगै परेको असिनाबाट भरतपुर २९ मा एक जना गम्भीर घाईते भएका छन् । साझ करिब साडे ६ बजे पानी संगै परेको असिनाले टाउकोमा लाग्दा भरतपुर २९ निवासी शेर बहादुर तामाङ गम्भिर घाइते भएको वडाध्यक्ष मानबहादुर राना मगरले जानकारी दिनुभएको हो ।
उहाँको रामनगरको मेडिकलमा उपचार भईरहेको छ । तामाङको टाउकोमा गम्भिर चोट लागेको छ । तामाङलाई ७ वटा टाका लगाएको वडाध्यक्ष मगरले बताउनु भयो । अहिले उपचार पछि तामाङको अवस्था सामान्य रहे छ । उहाँलाई मेडिकलले घर पठाएको छ ।


२४ घण्टा पछि पुनः चेकजाच गर्न बोलाईएको तामाङको घरमा भाडामा बस्दै आएका प्रताप रिजालले बताउनु भयो । उहाँका अनुसार तामाङ खेतमा काम गरिरहेको समयमा एक्कासी परेको असिनाले लाग्दा घाइते भएका थिए । करिब १५ मिनेट परेको असिना २ किलो १ सय ग्राम तौल सम्मको रहेको वडाले जनाएको छ ।

यस्तै असिनाले टिनका छाना भएको घरहरु , बस र खेतिपातीमा पनि ठुलो असर परेको बताईएको छ । यकिन कति क्षती भयोभन्ने अनुमान नै गर्न नसक्ने अवस्था रहेको वडाध्यक्ष मगरले बताउनु भएको छ । यस्तै गरी आज परेको असिनाले रत्ननगर, कालिका र राप्ती नगरपालिकाको बालि र घरहरुमा पनि क्षती पु¥याएको जानकारी प्राप्त भएको छ
चितवनका सङ्क्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्दै प्रशासन
चितवन, ६ वैशाख (रासस)
गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान शुरु गरेको छ । नेपाल आएर दुई दिन काठमाडौँको बसाइँसँगै उनीहरु चैत ५ गते यहाँ आएका थिए ।

राप्ती नगरपालिका–८ का ती सङ्क्रमितको सम्पर्कमा आएकाको पहिचान शुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा पहिचानको काम (ट्रेसिङ) शुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले सङ्क्रमितको मनोबल बढाउने र अन्यलाई पनि सुरक्षित राख्नेतर्फ ध्यान केन्द्रित गरिएको बताउनुभयो ।
जिल्लामा लकडाउनलाई थप कडाइ गरिएको भट्टराईले जानकारी दिनुभयो । उनीहरुको परिवार ठूलो भएकाले सबैको सङ्ख्या यकिन गर्न र सम्पर्कमा रहेकाको खोजी गरिएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिनुभयो । उहाँले परिवारका सदस्यलाई अहिले होम क्वारेन्टाइनमा बस्न भनिएको र बुद्ध शान्ति कलेजमा छुट्टै क्वारेन्टाइन बनाएर राखिने जानकारी दिनुभयो । उनीहरुको बुधबार ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा शङ्कास्पद देखिएको थियो ।

उनीहरुलाई तत्कालै भरतपुर अस्पताल ल्याइएको थियो । बिहीबार उनीहरुको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा राति शङ्कास्पद नतिजा आएसँगै शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गरिएको थियो ।
पुनःपरीक्षणका क्रममा दुबै जनामा नै कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनको क्याबिन कक्षमा राखिएको छ । भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले सङ्क्रमित दुबै जनालाई भरतपुर अस्पतालकै आइसोलेसन वार्डमा राखेर उपचार गरिने बताउनुभयो ।

यसैबीच जिल्लामा हालसम्म ४०५ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । होम र सार्वजनिक क्वारेन्टाइनमा रहेकाको परीक्षण गर्ने कामलाई तीव्रता दिइएको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । जिल्लामा आरडीटीलाई तीव्रता दिनका लागि थप किट मगाइएको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको जिल्ला डडेल्धुराको नतिजा: सातमध्ये पाँचमा कांग्रेस, एमाले शून्य


