३ दिनमा सय किमि पैदल हिँडेकि १२ वर्षीया बालिकाको घर पुग्न ११ किमि बाकीँ रहदा मृत्यु

0
43

कडाउनमा पैदल नै आफ्नो घर फर्किरहेकी १२ वर्षीया बालिकाको घर पुग्नु अगावै मृत्यु भएको द इन्डियन एक्सप्रेसले लेखेको छ।रिपोर्टका अनुसार १२ वर्षीया जमालो मडकाम करिब दुई महिना अघि तेलंगानामा खुर्सीनी खेतीमा काम गर्नका लागि आफन्तसाग पहिलो पक आफ्नो घरबाहिर निस्किएकी थिइन्। तर उनी जिउँदो फर्कन सकिन्न्।

करिब सय किलोमिटर पैदल हिँडेपछि उनको मृत्यु भयो। पत्रिकाले अधिकारीलाई उद्धृत गर्दै उनीसँग अन्य १३ जना पनि भएको बताएको छ । १२ वर्षीया ती बालिका लगातार तीन दिनसम्म पैदल हिँडेको र १८ अप्रिलमा इलेक्ट्रोलाइट असन्तुलन र थकानका कारण उनको मृत्यु भएको बताएको छ।

छत्तीसगढको बीजापुर जिल्लामा रहेको आफ्नो घरबाट ११ किलोमिटर टाढा उनको मृत्यु भएको हो। जरोम आफ्ना आमा–बुवाका एक्ला सन्तान थिए। राज्यका मुख्यमन्त्री भूपेश बघेलले पीडित परिवारका लागि एक लाख भारु दिने घोषणा गरेका छन्। –एजेन्सी

नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो, थपिएका ३२ औं संक्रमित ३३ बर्षीय पुरुष

नेपालमा कोरोना संक्रमितहरुको संख्या थपिने क्रम बढ्दो देखिएको छ । उदयपुरको भुल्केमा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको साता दिन नवित्दै थप १ जनामा पनि संक्रमण पोजिटिभ देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ ।

उदयपुरको त्रियुगास्थित भुल्केमा रहेको एक मस्जिदमा रहेका १३ जनामा संक्रमणको पुष्टि भएपछि उनीहरुसंगको सम्पर्क रहेका व्यक्तिहरुको कन्टयाक्ट ट्रेसिङ गरेर थप परीक्षणका लागि काठमाडौं ल्याउदाँ एक जनामा संक्रमणको पुष्टि भएको हो ।

doctor in the laboratory with a blood tube for analysis and sampling of Coronavirus under the microscope / microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले उदयपुरमा शंकास्पद ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा पीसीआर परीक्षण गर्दा एकजनामा कोरोना संक्रमण पोजिटिभ देखिएको जानकारी दिनुभयो ।

यस्तै विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उदयपुरका अन्य ८ जनामा पनि पोजिटिभ देखिएपछि थप परीक्षण गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

प्रवक्ता देवकोटाले हालसम्म पीसीआर विधिबाट ८ हजार ७ सय ६३ र आरडीटी विधिबाट २७ हजार ९ सय ५६ को गरी कुल ३६ हजार ७ सय १९ जनाको परीक्षण भइसकेको जानकारी दिनुभयो । उहाँले क्वारेन्टाइनमा हाल ७ हजार ६७ रहेको र रेडजोनमा २ सय ६५ जना रहेको जानकारी पनि दिनुभयो ।

मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना चारको मृत्यु

Previous articleबेलायतबाट आएका दुई संक्रमित कलंकीबाट माइक्रो चढेर चितवन पुगेका थिए
Next article‘१७ महिने छोरा घरमा छाडी कोरोना ल्या’बमा बिरा’मिलाइ यसरी सेवा गर्दै छिन कन्चन