अर्पणको रक्तदान सम्पन्न १४ महिला सहित १०७ जना सहभागी

Click Image

उज्यालो नेपाल- अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र रेडियो अर्पण १०४.५ मेगाहर्जको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रत्ननगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष एवम नगर प्रवक्ता कुल प्रसाद सापकोटाको प्रमुख आतिथ्यता एवम अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष मोहदत्त पौडेल सुरजको अध्यक्षतामा सप्पन्न कार्यक्रममा १४ महिला सहित १०७ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक टुकानाथ आचार्यले जानकारी दिएका छन।

कार्यक्रममा रेडियो अर्पणका उपाध्यक्ष एवम अर्पण बचतका पुर्व अध्यक्ष यमन भुसालले रक्तदान कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए।

कार्यक्रमको मध्य भागमा उपस्थिति जनाउदै रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले अर्पणले सामाजिक उत्तरदायित्वको भुमिका निर्वाह गरेकोमा खुसी ब्यक्त गर्दै नगरपालिका सहकार्य गर्न सदैव तयार रहेको बताएका छन।

कार्यक्रमका प्रमुख अतिथी एवम रत्ननगर नगरपालिकाका नगर प्रवक्ता एवम वडा नम्बर १ का अध्यक्ष कुलप्रसाद सापकोटाले अर्पणको सामाजिक भुमिकाको मुक्तकण्ठले प्रसंसा गर्नु भएको छ।

कार्यक्रमका सभाध्यक्ष एवम अर्पण बचतका अध्यक्ष मोहदत्त पौडेल सुरजले सेवा सुभारम्भको अवसरमा आफुहरुले रक्तदान जस्तो पुनित कार्य गरेको र यसको लागि विभिन्न स्थानबाट गरिएको सहयोगका साथै रक्तदाता माहानुभावले देखाउनु भएको उपस्थितिले आफुहरुलाई आगामी दिनमा थप उल्लेख्य कार्य गर्न उर्जा मिलेको बताएका छन।

Previous articleकुवेतमा श्रीमान्‌को मृत्युको खबर सुनेपछि नेपालमा श्रीमतीको पनि ज्यान गयो
Next articleरत्ननगरमा सुत्केरी र गर्भवती महिलालाई कुखुराको भाले सहित पौष्टिक आहार वितरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।