कुवेतमा श्रीमान्‌को मृत्युको खबर सुनेपछि नेपालमा श्रीमतीको पनि ज्यान गयो

Click Image

युएई । कुवेतमा श्रीमानको मृत्यु भएको खबर सुनेर नेपालमा रहेकी श्रीमतीको समेत ज्यान गएको छ । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका धनकुटा महालक्ष्मी नगरपालिका–१ कटहरेका ४३ वर्षीय डम्बर मगरको १० दिन अघि कुवेतमा ज्यान गएको थियो ।

कुवेतमा विषाक्त मदिरा सेवनका कारण १० दिनअघि मृत्यु भएका श्रीमानको मुत्युको खबर सुनेलगत्तै बेहोस भएकी उनकी पत्नी विद्याको पनि तीन दिनपछि मृत्यु भएको हो । श्रीमान श्रीमती दुवैको मृत्यु भएपछि उनीहरुको तीन छोरी (१७, १६ र २ वर्षीया) विचल्लीमा परेका छन्।

कमाउने सदस्य गुमेपछि परिवार आर्थिक संकटमा परेको छ। जेठी र माइली छोरी हाल कक्षा १२ र ११ मा अध्ययनरत छन् भने कान्छी मात्र दुई वर्षकी छिन्। हाल छोरीहरुको पालनपोषण र पढाइका लागि स्थानीयस्तरमा सहयोग संकलन थालिएको छ। डम्बरको शव भने अझै कुवेतमै छ।

१० दिन पहिले कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा ४ जना नेपाली भाषी सहित १२ जना नेपालीको ज्यान गएको थियो । सो घटनामा अन्य देशका गरी २३ जना आप्रवासी कामदारको मृत्यु भएको नेपाली दूतावासलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ कुवेत शाखाले पुष्टि गरेको छ ।

Previous articleअर्पण साकोसको स्थापना दिवस: भदौ १६ गते रक्तदान कार्यक्रम
Next articleअर्पणको रक्तदान सम्पन्न १४ महिला सहित १०७ जना सहभागी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।