३० गते असोज । चितवन Yac Events र ग्रेट टिभीको संयुक्त आयोजनामा आगामी कार्तिक ७ र ८ गते (अक्टोबर २४ र २५, २०२५) मा चितवनको खैरहनी नगरपालिका–८, मगनी पर्सामा ‘तिहार म्युजिक फेस्ट – भोल्युम ८’ भव्य रूपमा आयोजना हुने भएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि यस फेस्टिवलले युवाहरूका लागि मनोरञ्जन, संगीत र सांस्कृतिक रमझमको उत्कृष्ट माहोल तयार गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा रकहेड्स, कटाव व्याण्ड , क्रिशाला चौधरी , दर्शना गान्धारी एण्ड व्याण्ड , दया सिवाकोटी र जेम्सी जस्ता लोकप्रिय कलाकारहरूले दमदार प्रस्तुति दिनेछन् । यो फेस्ट युवाहरूबीच निकै प्रतिक्षित बनेको छ ।
कार्यक्रम संयोजक जीवन चौधरीका अनुसार, “तिहार म्युजिक फेस्टले केवल संगीत मात्र होइन, स्थानीय संस्कृति, परम्परा र खुशी बाँड्ने माध्यमको रूपमा काम गर्छ । यसपटक हामीले दर्शकलाई अझ उच्च स्तरको मञ्च र वातावरण प्रदान गर्ने तयारी गरेका छौं,” उनले बताए ।
अहिले प्री सेल टिकट खुल्ला भइसकेको संयोजक चौधरीले बताए ।

