काठमाडौंमा २ जना नर्सको आरडीटी परीक्षणमा कोरोनासंक्रमण पोजेटिभ देखियो…

काठमाडौं । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्‍यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई पीसीआर विधिबाट परीक्षण गरिने भएको छ । उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए ।

आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण हुँदै गरेको बास्तोलाले जानकारी दिए । उनीहरुमा कोरोना संक्रमण भए नभएको अन्तिम पुष्टि भने पीसीआर विधिबाट गरिएको परीक्षणबाट मात्रै हुने उनले बताए । नर्सहरुको अवस्था अहिले सामान्य रहेको छ । आज मात्रै ११ जनामा संक्रमणको पुष्टि भएको थियो । योसहित अहिलेसम्म नेपालमा ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ भने ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म ८ हजार ७ सय ७४ जनामा स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये ८ हजार ७ सय ३२ जनामा संक्रमण देखिएको छैन ।

कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या १८ पुग्यो

लण्डन । बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भई हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए । आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पतालले परिवारलाई जानकारी गराएको थियो । बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

२४ घण्टामा थप ६ जनामा कोरोना पुष्टि

Previous articleआज वि.सं.२०७७ साल वैशाख १० गते बुधबार, आजको तपाइको दिन कस्तो छ? (राशिफल
Next articleएउटै गोत्र अथवा सहगोत्रीसँग किन विवाह गर्नु हुँदैन ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।