महोत्तरीमा १० दिनमै ११ जनाको मृ’त्यु, गाउँले त्र’सित

महोत्तरी : महोत्तरीको बिजलपुरा र मेधनाथ गोरहन्नामा १० दिनमा ११ जनाको मृ’त्यु भएपछि त्रा’स फैलिएको छ। मृ’त्युको कारण भने खुल्न सकेको छैन। कोरोना भाइरसको महामारीको समयमा शनिबार राति २ बजेतिर भंगहा नगरपालिका-६ जमुनियाँका पल्ट साहको मृ’त्यु भएसँगै रहस्यमय तरिकाले मृ’त्यु हुनेको संख्या ११ पुगेको हो। गाउँमा धमाधम मानिसहरुको मृ’त्यु भएपछि स्थानीयहरु त्रसित भएका छन् भने गाउँ शोकमा डुबेको छ।

बैशाख १० गते यता बर्दिबास नगरपालिका -१२ स्थित बिजलपुराको जुरीटोल र अहिमान टोलमा ४ जनाको मृ’त्यु भएको छ। त्यसैगरी भंगहा नगरपालिका-६ हत्तिसर्वाको जमुनियाँ र वडा नम्बर-७ को मेघनाथ गोरहन्नामा ७ जनाको मृ’त्यु भइसकेको छ।

कमाएर दैनिक गुजारा गर्दै आएका उनीहरुको के कारणले मृ’त्यु भयो ? भन्ने प्रष्ट छैन। मृ’त्यु भएकाहरुमा अचानक पेट दु’ख्ने, श्वास लिन ग्राहो हुने, बान्ता र झाडापखाला लाग्ने लक्षण देखा परेको छ। कतिको राति ओछ्यानमै सुतेको अवस्थामा मृ’त्यु भएको छ भने कतिको उपचारकै क्रममा ज्या’न गएको हो।

लकडाउनका बेला अज्ञा’त रोगबाट मृ’त्यु भएको भन्दै गाउँले त्रसित बनेका छन्। स्थानीय केही व्यक्तिले बि’षाक्त म’दिरा पिएर मृ’त्यु भएको बताउँछन्। तर, म’दिरा नपिएकाहरुको पनि ज्या’न गएकोले अरु कुनै रोगको संक्रमण भएको हुन सक्ने उनीहरु बताउँछन्। मृ’त्युको कारण खोज्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणी पोखरले गाउँ पुगेका छन्।

उनको साथमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, एसपी श्याककृष्ण अधिकारी, जिल्ला अस्पताल जलेश्वरका डा. राजिब झा लगायत छन्। मन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालयले जानकारी गराएर घटनाको अध्ययन गर्न टोलीसमेत घटनास्थल आएको बताए। मानिसहरुको मृ’त्युको कारण खोज्दैं गाउँ पुगेका शिक्षा मन्त्री।

‘सुरुका ला’सहरु जलाइसकेको कारणले अध्ययन हुन पाएको छैन। पछिल्ला मृ’त्यु भएका मानिसहरुको पोष्टमार्टम गरिएको छ,’मन्त्री पोखरेलले भने,‘भिसेरा परीक्षणका लागि पनि पठाइएको छ। स्वाब टेष्ट पनि भएको छ।’ कोरोनाको क’हर बीच मजदुरको मृ’त्युको कारण नखुलेपछि काठमाडौंबाट जाँचबुझका लागि जिल्ला आएको उनले बताए।

पछिल्लो पटक ज्यान ग’एकाहरुको स्वाब र भिसेराको परीक्षण गरिदैं छ। रिपोर्ट आएपछि मृ’त्युको कारण खुल्ने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्र झाले बताए। मलेरियाबाट पनि एक जनाको मृत्यु भएको उनले दाबी गरे।

स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर घटनाको अध्ययन गर्न काठमाण्डौंबाट डाक्टरहरुको टोली महोत्तरी आएको छ। मृ’त्यु भएका नागरिकका परिवारहरुसँग घरघर पुगेर घटनाको अध्ययन गरिने छ। ‘वरिपरी पनि कुनै संक्रमण छ कि त्यो कोणबाट पनि जाँच गर्नुपर्छ। परिस्थितिलाई हेरेर हामी गम्भीर छौं,’मन्त्री पोखरेलले अन्नपूर्णसंग भने,‘ एकपछि अर्को मानिसको मृ’त्यु संयोग मात्र हो कि कुनै संक्रमण फैलिएको हो भन्ने कुराको पुष्टि अध्ययन नभइकन भन्न सकिदैंन।’ अध्ययनपछि पत्ता लगाउने र समाधानका उपायहरु खोजिने मन्त्री पोखरेलले बताए।

भोजपुरमा तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन

Previous article१ किलो पिठोको पोका भित्र १५/१५ हजार, अमिर खानले अपनाए राहत दिने गज्जबको तरिका
Next article१० हजार लिटरसम्मको पानीको शुल्क छुट दिने पिठुवा खानेपानीको घोषणा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।