१० हजार लिटरसम्मको पानीको शुल्क छुट दिने पिठुवा खानेपानीको घोषणा

चितवन २० बैशाख । पिठुवा खानेपानी तथा सरसफाई उपभोक्त संस्थाले खानेपानीको महसुल छुट दिने भएको छ । उपभोक्ताहरु लकडाउनको समस्यामा परेको भन्दै सो संस्थाले उपभोक्तालाई न्यूनतम महसुल छुट तथा जरिवाना पनि नलिने निर्णय गरेको संस्थाका अध्यक्ष आशिक तमाङले जानकारी दिनु भएको छ । १० हजार लिटर पानी उपभोग गरेवापत ग्राहकले मासिक रुपमा तिर्दै आएको शुल्क छुट दिने निर्णय गरेकोे संस्थाका अध्यक्ष तामाङले बताए ।

बन्दाबन्दीका कारण उपभोक्ताहरूको घर घरमा गई मिटर रिडिङ गर्ने अवस्था नरहेकोले अघिल्लो ३ महिनालाई खपत युनिट लाई आधार बनाइ औषत युनिट चैत्र र बैशाख महिनाको खपत युनिटका रूपमा रिडिङ गरि मिटर रिडिङ कार्य हुने र पानी महशुल अनलाइन पेमेन्ट मार्फत भुक्तानी गर्न पिन संस्थाले उपभोक्ताहरुलाई आग्रह समेत गरेको छ ।

त्यस्तै १० हजार लिटर भन्दा बढी पानी प्रयोग गरेको खण्डमा भने शुल्क लाग्ने र लकडाउनको अबधिभर कुनै पनि जरिवाना नलिने निर्णय भएको तामाङल वताए ।

अछामको साँफेबगर नगरपालिकामा ५३ करोड ५४ लाख बजेट बिनियोजन

Previous articleमहोत्तरीमा १० दिनमै ११ जनाको मृ’त्यु, गाउँले त्र’सित
Next articleकश्मिरमा आतं’कवा’दी समूहसँगको भि’डन्तमा सेनाका कर्णेलसहित ५ जनाको मृ’त्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।