कश्मिरमा आतं’कवा’दी समूहसँगको भि’डन्तमा सेनाका कर्णेलसहित ५ जनाको मृ’त्यु

कश्मिर/उत्तरी कश्मिरको हन्दवाडामा आ’तंकवा’दी समूहसँग शनिबार साँझदेखि भएको भि’डन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासमेत पाँच जना सुरक्षाकर्मीको नि’धन भएको छ । मु’ठभे’डमा सेनाको गोली लागेर दुई जना आ’तंकवा’दीको पनि मृत्यु भएको छ । आ’तंकवा’दी लुकेको सूचनाको आधारमा उत्तरी कश्मिरको एक घरमा सुरक्षाबलले आक्रमण गरेका थिए । आ’तंकवा’दीले घरका सदस्यलाई बन्धक बनाएका थिए ।

उनीहरुको उद्धारका लागि सेना र प्रहरीको टोली त्यहाँ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । हन्दवडाको छाँजीमुल्लाहमा शनिबार दिउँसो ३ः३० बजेदेखि दोहोरो भि’डन्त सुरु भएको थियो । मा’रिनेमा कर्णेल आशुतोषको साथै मेजर अनुज, एक लान्स नायक र एक राइफलम्यान रहेका छन् ।

त्यस्तै, प्रहरीका सब–इन्सपेक्टर सकिल काजीले पनि घटनामा ज्यान गु’माएका छन् । सुरक्षाबलले बन्धक बनाइएका घरका सदस्यहरुको उद्धार गरेका छन् । कर्णेल आशुतोष शर्माले गत वर्षमात्र दोस्रो पटक सेनाबाट मेडल प्राप्त गरेका थिए । उनी गार्डस् रेजिमेन्टसँग आबद्ध थिए भने इलाहाबादका वासिन्दा रहेका थिए ।

भारतमा कोरोना : १२२३ को मृ’त्यु, ३६५५२ संक्रमित

एजेन्सी-भारतमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या १२२३ पुगेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सं’क्रमितको संख्या ३६ हजार ५ सय ५२ पुगेको छ, जसमध्ये १ हजार १७ जना निको भएर घर फर्किइसकेका छन्।

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा ११ हजार ५ सय ६ जना संक्रमित भएका छन् भने ४८५जनाको मृ’त्यु भएको छ। यस्तै, दिल्लीमा ३ हजार ७ सय ३८ जना सं’क्रमित भएका छन्। त्यहाँ ६१ जनाको मृ’त्यु भएको छ।

अन्य बढी प्रभावित राज्यमा गुजरातमा २३६ को मृत्यु र ४७२१ संक्रमित, मध्यप्रदेशमा १४५ को मृत्यु र २७१९ संक्रमित, राजस्थानमा ६२ को मृत्यु र २६६६ संक्रमित, उत्तर प्रदेशमा ४३ को मृत्यु र २४५५ संक्रमित तथा आन्ध्रप्रदेशमा ३३ को मृत्यु र १५२५ संक्रमित भएका छन्।

कम प्रभावित राज्यमा मिजोरममा १ संक्रमित, त्रिपुरामा २, मणिपुरमा २, पुणुचेरीमा ८, गोवामा ७ र अरुणाचल प्रदेशमा १ संक्रमित रहेका छन्।

१६ जनामा कोरोना सङ्क्रमण

Previous article१० हजार लिटरसम्मको पानीको शुल्क छुट दिने पिठुवा खानेपानीको घोषणा
Next articleएक महिनासम्म ब्राभित्र राखेर महिलाले कोरलिन् हाँसको अण्डा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।