कश्मिरमा आतं’कवा’दी समूहसँगको भि’डन्तमा सेनाका कर्णेलसहित ५ जनाको मृ’त्यु

0
63

कश्मिर/उत्तरी कश्मिरको हन्दवाडामा आ’तंकवा’दी समूहसँग शनिबार साँझदेखि भएको भि’डन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासमेत पाँच जना सुरक्षाकर्मीको नि’धन भएको छ । मु’ठभे’डमा सेनाको गोली लागेर दुई जना आ’तंकवा’दीको पनि मृत्यु भएको छ । आ’तंकवा’दी लुकेको सूचनाको आधारमा उत्तरी कश्मिरको एक घरमा सुरक्षाबलले आक्रमण गरेका थिए । आ’तंकवा’दीले घरका सदस्यलाई बन्धक बनाएका थिए ।

उनीहरुको उद्धारका लागि सेना र प्रहरीको टोली त्यहाँ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । हन्दवडाको छाँजीमुल्लाहमा शनिबार दिउँसो ३ः३० बजेदेखि दोहोरो भि’डन्त सुरु भएको थियो । मा’रिनेमा कर्णेल आशुतोषको साथै मेजर अनुज, एक लान्स नायक र एक राइफलम्यान रहेका छन् ।

त्यस्तै, प्रहरीका सब–इन्सपेक्टर सकिल काजीले पनि घटनामा ज्यान गु’माएका छन् । सुरक्षाबलले बन्धक बनाइएका घरका सदस्यहरुको उद्धार गरेका छन् । कर्णेल आशुतोष शर्माले गत वर्षमात्र दोस्रो पटक सेनाबाट मेडल प्राप्त गरेका थिए । उनी गार्डस् रेजिमेन्टसँग आबद्ध थिए भने इलाहाबादका वासिन्दा रहेका थिए ।

भारतमा कोरोना : १२२३ को मृ’त्यु, ३६५५२ संक्रमित

एजेन्सी-भारतमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या १२२३ पुगेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सं’क्रमितको संख्या ३६ हजार ५ सय ५२ पुगेको छ, जसमध्ये १ हजार १७ जना निको भएर घर फर्किइसकेका छन्।

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा ११ हजार ५ सय ६ जना संक्रमित भएका छन् भने ४८५जनाको मृ’त्यु भएको छ। यस्तै, दिल्लीमा ३ हजार ७ सय ३८ जना सं’क्रमित भएका छन्। त्यहाँ ६१ जनाको मृ’त्यु भएको छ।

अन्य बढी प्रभावित राज्यमा गुजरातमा २३६ को मृत्यु र ४७२१ संक्रमित, मध्यप्रदेशमा १४५ को मृत्यु र २७१९ संक्रमित, राजस्थानमा ६२ को मृत्यु र २६६६ संक्रमित, उत्तर प्रदेशमा ४३ को मृत्यु र २४५५ संक्रमित तथा आन्ध्रप्रदेशमा ३३ को मृत्यु र १५२५ संक्रमित भएका छन्।

कम प्रभावित राज्यमा मिजोरममा १ संक्रमित, त्रिपुरामा २, मणिपुरमा २, पुणुचेरीमा ८, गोवामा ७ र अरुणाचल प्रदेशमा १ संक्रमित रहेका छन्।

१६ जनामा कोरोना सङ्क्रमण

Previous articleज्ञानेन्द्र शाहीको आयो क’डा अभिव्यक्ति: समाचार बङ्याएर चरि’त्र ह’त्या गर्न खोजियो
Next articleश्रीमान् विदेशमा; श्रीमतीले गरिन् पर-पुरुष संगै एउटै रुखमा झु ण्डिएर आ त्मह त्या