रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कोरिया आएका एक नेपालीले आ’त्मह’त्या गरेका छन् । ख्याङ्गीदोको गिम्पो सि मा काम गर्ने ३३ बर्षीय पूर्ण थापाले शनिवार दिउँसो आ’त्मह’त्या गरेका हुन् । नेपालको स्थायी घर पोखरा भएका उनी सिएनसी कम्पनीमा कार्यरत थिए । लामो समय देखि डि’प्रेशन भएको कम्पनीमा कार्यरत नेपालीले बताएका छन् ।
शनिबार दिउँसोको खाना खाएर आराम गर्न भन्दै कोठामा गएका थिए ।
कम्पनीको सिसिटिभीमा दिउँसो १ बजेर ५० मिनेटसम्म उनी कम्पनीमा आएको देखिन्छ । त्यसपछि सिसिटिभी अफ गरेर आफैले काम गर्ने मेसिन पछाडी कुनामा गएर आ’त्मह’त्या गरेका छन् । कार्यकाल सकेर सिबिटि पास गरेर पुन कोरिया आएका थिय भने दोस्रो कार्यकालको लागी उनले सिबिटी र पिबिटी दुवै पास गरेका थिए । घरमा एक छोरा र एक छोरी रहेको र उनि दोस्रो कार्यकालको लागी कोरिया आउँदा छोरी को न्वारन गरेको भोलिपल्टै घरबाट हिडेका थिए ।


उनले सु’सा’इट नोटमा छोरालाई कोरियादेखि साईकल ल्याईदिन नसकेको र भर्खरै तोते बोली बोल्ने छोरीको बाबा शब्दले अनि बचाउन नसकेको लेखेका छन् । सु’सा’ईट नोटमा कम्पनीका सम्पूर्ण साथी, कोरियन साहु लगायत सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् । फोनिज कोरिया डटनेट बाट

उत्तर- दक्षिण कोरिया: दुई देशका सेनाबीच सिमानामा गो’ली हा’नाहा’न
उत्तर कोरिया र दक्षिण कोरियाका सेनाहरूबीच गोली हा’नाहा’न भएको विवरण आएको छ। दुई कोरियालाई छुट्ट्याउने असैनिकीकृत क्षेत्रमा पछिल्लो घट’ना भएको हो। दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाबाट चलेका थुप्रै गो’ली एउटा सुरक्षा पोस्टमा लागेको थियो।

त्यसपछि आफूहरूले चेतावनी दिएको र पछि गोली हा’ना’हान शुरू भएको दक्षिण कोरियाले जनाएको छ।
घटनामा कुनै हता’हती वा क्ष’ति नभएको बताइएको छ। पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियातिर सीधै गोली चलाएको विवरणमा जनाइएको छ।
सुरक्षा व्यवस्था एकदमै कडा रहने असैनिकीकृत क्षेत्रलाई शान्ति क्षेत्रमा परिणत गराउने सोलस्थित दक्षिण कोरियाली सरकारको दुई वर्षयता जारी प्रयासबीच गोली हा’नाहा’नको घटना सार्वजनिक भएको छ। करिब तीन हप्तायता पहिलो पटक उत्तर कोरियाली नेता किम जङ-अन सार्वजनिक रूपमा देखिएको विवरण आएको २४ घण्टापछि उत्तर र दक्षिण कोरियाली सेनाबीच गोली हा’नाहा’नको घटना भएको हो।

दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए। प्राविधिक रूपमा यी दुई मुलुक अझै युद्धको अवस्थामा छन्।
बिबिसी नेपाली


