एसईई परीक्षा लिन सम्भव देखिएन; परीक्षा नलिइकनै प्रमाणपत्र दिउँ: प्याब्सन

0
63

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले यसवर्षको एसईई परीक्षा लिन सम्भव नदेखिएको भन्दै विद्यार्थीहरुले गरेका आन्तरिक मूल्यांकनलाई आधार मानेर प्रमाणपत्र दिन प्रस्ताव गरेको छ । कोरानाभाइरसको त्रासका कारण गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा हालसम्म पनि हुन नसकेपछि प्याब्सनले यस्तो प्रस्ताव गरेको हो ।

‘परीक्षा लिन सम्भव नदेखिएको हुनाले २०७६ सालको परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुका लागि मात्र लागू हुनेगरी विद्यालयहरुले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड शिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुन्छ’ प्याब्सनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस कार्यका लागि कानुनी बाधा अड्चन हटाइ आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिन आवश्यक पहल गर्न पनि सरकारसँग प्याब्सनले अनुरोध गरेको छ । प्याब्सनले विश्वका विभिन्न विश्वविद्यालय तथा विद्यालय परीक्षा बोर्डहरुले आन्तरिक रुपमा लिएको परीक्षालाई नै आधार मानेर विद्यार्थीहरुलाई उत्तीर्ण गराइसकेको पनि जनाएको छ ।

कैलालीमा प्रिन्सिपलको हत्या भएको विरोधमा विद्यार्थी र स्थानीयवासी आन्दोलित

कैलाली, २२ बैशाख । एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका कैलालीको बिहानी क्षितिज विद्यालयका सञ्चालक तथा प्रिन्सिपल कृष्णप्रसाद भुसालको हत्या भएको भन्दै आज दवाब ¥याली निकालिएको छ । विद्यार्थीसहित स्थानीयहरुले गौरीगंगा नगरपालिकाको वडा नं ९ मसुरिया, ८ बढैपुर र ४ राजिपुर बजारमा विरोध ¥याली निकालेका हुन् । भुसाल मृत भेटिएको १२ दिन हुँदा पनि घटनाको बारेमा प्रहरीले अनुसन्धान पूर्ण नगरेको उनीहरुले आरोप लगाएका छन् ।


हिजो पनि मसुरिया क्षेत्रका नागरिकहरु र पूर्व विद्यार्थी पनि पूर्वपश्चिम राजमार्गमा पनि विरोध ¥याली निकालेका थिए । ठूलो संख्यामा स्थानीय नागरिकहरु लकडाउनको पालना गर्दै सामाजिक दूरी कायम गरेर ¥यालीमा सहभागी भएका थिए । घट्नाको छानबिनमा प्रहरीले ध्यान केन्द्रित नगरेको सहभागीहरुको गुनासो छ भने घटनालाई अन्तै मोड्ने प्रयास भएको आरोप समेत लगाएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय कैलालीले भने घटनाको बारेमा छानबिन भइरहेको जनाएको छ । निजी विद्यालयको छाता संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका भुसााल पूर्व–पश्चिम महेन्द्र राजमार्गको आमखैयामा गत बैशाख ११ गते मृतअवस्थामा फेला परेका थिए।

‘इम्बोस्ड प्लेट जडान अनिवार्य होइन, तीव्रता मात्र दिन लागिएको हो’

Previous articleज्ञानेन्द्र शाहीको आयो क’डा अभिव्यक्ति: समाचार बङ्याएर चरि’त्र ह’त्या गर्न खोजियो
Next articleश्रीमान् विदेशमा; श्रीमतीले गरिन् पर-पुरुष संगै एउटै रुखमा झु ण्डिएर आ त्मह त्या