ज्ञानेन्द्र शाहीले मुठाको, मुठा पैसा कसरी बाँडिरहेको छ। कतै मुर्ती चोरको पैसा त हैन?‬ -दिल निशानी मगर

कुनै बेला बिपन्न तथा श्रमिक बर्गको पक्षधरमा कलम चलाएर सर्बहारा लेखकको परिचय बनाएका दिल निशानी मगरको यतिबेलाको परिचय फेरिएको छ। विभिन्न समयमा दिएका विवास्पद अभिव्यक्तिका कारण उनि बेलाबेलामा विवादमा आईरहन्छन ! त्यसैले उनलाई मन पराउने र नपराउनेको संख्या ठुलो छ!  विशेष गरि खाडीलाई आफ्नो श्रमको थलो बनाएर खाडी कै श्रमिकहरुको जोखिमतालाई निशाना बनाई कलम तिखार्ने दिल निशानी तिनै खाडीका श्रमिकहरुको आलोचनाको निशामा परेका हुन् ।

कुनै समय अरबमा खजुर उमार्दा तातो बालुवामा तप्प-तप्प पसिना चुहाउने जिन्दगीको अर्थ खोज्दै जुर्मुराएको दिल निशानिको कलम निमुखा श्रमिकहरुको आशाको केन्द्र बनेको थियो। एक हिसाबले हेर्दा उनको लेखनधारले नेपाली जगतमा फरक धार र वर्गको प्रतिनिधित्व गर्यो र छवी बनायो । पछिल्लो समय लेखनमा क्रान्ति ल्याउने दिल निशानी मगर नै हुन् यसमा कुनै दुइमत छैन, जानकारहरु बताउछन ।

घुम्ने मेचमा कलम चलाएर डलरको खेति गर्ने नेपालका बढेमान लेखहरुको सामु आफ्नो पृथक पहिचान बनाएका दिल निशानी मगर गरिखाने बर्गको जत्था भित्रबाट स्वतन्त्रताको ओकालत गर्दै सर्वहारा उत्थानको लागी हिम्मतिलो कलम चलाउने एउटा कलम बिर बने र अन्यायको विरुद्दमा जेहाद छेड्ने सर्बहारा लेखकको राम्रो पहिचानमा वाह वाही पाएको कुरा धेरैले स्वीकार गर्छन ।

खाडीमा श्रमगर्ने श्रमिक पाठकहरु भन्छन, खजुर उमार्न बगेको पसिना र निशानिको कलमबाट निस्केको मसीको फ्युजनले उनि अहिलेको जल्दो बल्दो लेखकको परिचय बनेको हो तर पछिल्लो समय  रवि लामिछाने, ज्ञानेन्द्र शाही लगायतको चर्को बिरोध गरेका कारण दिल निशानीको छबी छुट्टै बनेको छ !

तिनै दिल निशानीले आज फेरी तिनै ज्ञानेन्द्र शाही बारे निकै विवास्पद अभिव्यक्ति दिएका छन् ! उनले ज्ञानेन्द्र शाहीलाई ‘मुर्ति चोर’ को संज्ञा दिएका छन् ! हेरौ उनको भनाई जस्ताको तस्तै:

‪ग्यानेन्द्र शाही अलिबाबा हो कि शेष घले हो कि, मुकेश अम्बानी हो। लामो समय खालीपेट बस्दा ग्यास्टिक भएर उपचार गर्न काठमाण्डौ आएको केटाले मुठाको, मुठा पैसा कसरी बाँडिरहेको छ। कतै मुर्ती चोरको पैसा त हैन?‬

 

ज्ञानेन्द्र शाही को हुन् ? पढौ भोजराज जी को विचार 

ज्ञानेन्द्र शाही लाखौं लाखौं युवाका मन मस्तिष्क बस्ने अभियन्ता हुन

भ्रष्टाचार अभियन्ता ज्ञानेन्द्र शाही माथी जुन तवरले अहिले प्रहार हुँदै छ, त्यो एक नेपाली र नेपाली चेलीवेटी हु भन्ने हरुले गर्ने काम होइन । ज्ञानेन्द्र शाही अहिले लाखौं लाखौं युवाका मन मस्तिष्क बस्ने अभियन्ता हुन । जुन उहाँ अहिले बोल्नु भएका शब्दहरु सबै नेपालीहरुले बोल्ने शव्दहरु नै बोल्नु भएको हो केही बिरोधि हरुले उहाँ बोल्ने भाषा र शिष्टचार भएन भनी भन्दै छन १ देश बिक्री गर्ने र देश र जनता लुटपाट गर्ने लाई कस्तो भाषा र शिष्ट चार भाषा प्रयोग गर्दा राम्रो होला।

के भ्रष्ट भ्रष्टाचारि दलाल गर्नेलाई हजुर भन्ने हो के भ्रष्ट र भ्रष्टाचारि तपाई हरुले राम्रो काम गर्यो भन्ने  राष्ट्रको सिमा मिच्दा पनि एक शब्द बोल्न न सक्ने लाचार सरकार को जय जयकार गर्ने हो  कि दलाल,चोर,गुन्डा जनताको बीचमा मीठो भाषण गर्ने लाई गाली नगरेर पुज्ने  केहि पत्रकारका अन्धभक्तहरुले यहाँ सिकाउनु पर्दैन । पहिला आफू सभ्य हुने अनि मात्र अरुको आलोचना गर्ने ।

के ज्ञानेन्द्र शाहिले गरिब,अशक्त,असाय,देसलाइ राम्रो गर्ने र बिदेशमा बस्ने र इमानदारी गरि खान्नेलाई अशब्द प्रयोग गरेको छ  ज्ञानेन्द्र शाहीले गत्ल नै बोलेका हुन भन्ने अहिले किन दिन रात नभनी ज्ञानेन्द्र शाहीका समर्थन कसरी धेरै भए उहाँ गल्त हो र गल्ती हो भन्ने अहिले नेपालका लागि नेपाली अभियान नेपाल भित्र सबै जिल्लामा संगठन बिस्तार गर्न सकेत  नेपाल भित्रका त अन्धभक्त भए बिदेश बस्ने लाखौं लाखौं नेपाली समर्थन कसरी भए  नेपालको एक विकट ठाउँ जुम्ला बाट आएर नेपाल र नेपालीलाई माया गर्ने हरुको मन मस्तिष्क कसरी बस्न सफल भए!

के उहाँले बोलेको भाषण र शब्द राम्रो थिएन भन्ने अहिले ज्ञानेन्द्रको लागि आत्मघाती गर्ने पनि पछि नपर्ने समर्थन कसरी भए  ज्ञानेन्द्र शाही कुनै अमेरिका बाट नभएर नेपालको सबै भन्दा विकट ठाउँ बाट आएको ब्यक्ति हो । घोच्यानु पाए भन्दैमा आफू घोचेको थाहा नपाउने गरि घोच्यान पनि राम्रो होइन । अब पनि ज्ञानेन्द्र शाहीको आलोचना गरेर आफू भाइरल हुन्छु भन्ने दिवा सपना न देख्दा नै हुन्छ! अहिले ज्ञानेन्द्र शाही नेपाल आमलाई माया गर्ने हरुको हिरो हो ज्ञानेन्द्र शाहीको आलोचना गर्ने हरु आफै बदनाम हुन्छ्न ।

पुँजी बजार अध्ययनका लागि समिति गठन

Previous articleअस्पतालभित्रै नाचगानमा मस्त छन् रुपन्देहीका कोरोना संक्रमित (भिडियो सहित)
Next article७ वर्षीया संक्रमितका बाबु भन्छन्- ‘छोरी रोइरहन्छे, म सुन्‍नै सक्दिनँ’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।