एकैदिनमा ५७ जना कोरोना संक्रमित बढेपछी लकडाउन थप कडा बन्ने: उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

एकैदिनमा ५७ जना कोरोना संक्रमित बढेपछी लकडाउन थप कडा बन्ने: उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले लकडाउन थप कडा बनाउने तयारी गरेको छ । सोमबार र मंगलबार दुई दिनमै ८१ जना संक्रमित थपिएसँगै सरकारले लकडाउनमा कडाईका लागि छलफल थालेको हो । शुक्रबारदेखि उच्चस्तरीय समितिको सुझावका आधारमा वैंक वित्तीय संस्था र अत्यावश्यक सेवाका उद्योगहरु खुला भएसँगै काठमाडौंलगायत देशका प्रमुख शहरमा एक्कासी चहलपहल बढेको थियो ।

संक्रमणको जोखिम उच्च बिन्दुमा रहेको भन्दै संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको ५० औं दिनमा आज एकैदिन अहिलेसम्मकै धेरै ५७ जना संक्रमित भेटिएका छन् । हाल सरकारले जारी गरेको छैटौं चरणको लकडाउन चलिरहेको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो ।

यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा काठमाडांैमा लकडाउन खुकुलो हुँदा औचित्यहिन देखिएको बताएका थिए । प्रधानमन्त्रीले लकडाउन पालना नहुँदा भयावह अवस्था आउन सक्ने भन्दै कडा कदम चाल्न निर्देशन दिएसँगै आजै उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बसेर छलफल हुने भएको छ ।

समितिले आगामी ५ जेठसम्म रहेको जारी लकडाउनको पुर्नसमीक्षा पनि गर्ने समितिका एक सदस्यले बिजखबरलाई जानकारी दिए । यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले बुधबार छैटौंपटक शुक्रबारदेखि देखि जेठ ५ मध्यरातसम्मका लागि लकडानको अवधि थप गरेको छ ।

हाल सरकारले जारी गरेको छैटौं चरणको लकडाउन चलिरहेको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो ।

यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले बुधबार छैटौंपटक शुक्रबारदेखि देखि जेठ ५ मध्यरातसम्मका लागि लकडानको अवधि थप गरेको छ !

वैकल्पिक माध्यमबाट बेँसीशहर–चामे सडक सञ्चालन

Previous articleज्ञानेन्द्र शाही प’क्राउ, लिपुलेक कालापानी हाम्रो भन्दा भकुर्दै यसरी लग्यो पुलिसले
Next articleभारतको कर्नाटकबाट १२ दिन लगाएर पोखरा आए, प्रहरी पुग्दा तीन तलाबाट हाम फाले
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।