घनले टाउको फो’डेर ह’त्या गरि मकै बारीमा गा’डेको श’व एक महिना पछी प्रहरीले निकाल्यो

घनले टाउको फो’डेर ह’त्या गरि मकै बारीमा गा’डेको श’व एक महिना पछी प्रहरीले निकाल्यो

जिल्ला प्रहरी कार्यालय कास्कीमा जेठ २ गते एउटा सूचना आयो। सूचनामा केही युवाहरू मिलेर आफ्नै साथीको ह’त्या गरी मकैबारीमा गा’डिएको उल्लेख थियो। सूचना पाएपछि शनिबार बिहान ६ बजे कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्की आफ्नै कमाण्डमा प्रहरी टोलीसहित घटनास्थल पुगे। युवकको श’व गाडिएको भन्ने ठाउँमा पुगेर प्रहरी टोलीले उत्खनन् गरे। सूचनामा भनिएझैं मकैबारीमा करिब ४ फिट खनेपछि गा’डिएको अवस्थामा एउटा श’व फेला पर्‍यो।

स’डेको अवस्थामा फेला परेको उक्त श’व पोखरा १४ समिनतारा निवासी २२ वर्षीय युवक विमल रानाभाटको थियो। गाडिएको श’व निकाल्दा जुत्ता समेत नखोलेको र कपडासहित सुताएर गा’डेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। प्रहरीले आफूले पाएको सूचनामा विमललाई स्थानीय ज्ञानबहादुर परियारले झण्डै १ महिनाअघि घनले हानेर ह’त्या गरेको जनाएको छ। बारीबाट निकालिएको श’व पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पो’ष्टमार्टमका लागि ल्याएको कास्की प्रहरी प्रमुख एसपी कार्कीले बताए।

प्रतिकात्मक तस्विर

घटनामा संलग्न भएको आशंकामा प्रहरीले ४ जना स्थानीय युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पोखरा १४ समिनताराका २१ वर्षीय ज्ञानबहादुर परियार, १८ वर्षीय संजय दर्जी, १८ वर्षीय कुमार परियार र बाग्लुङको गल्कोट घर भई अहिले पोखरा १४ समिनतारा बस्ने १९ वर्षीय सागर परियार रहेका छन्। घ’टना भइसक्दा समेत मृ’तक विमलको परिवारलाई भने थाहा नै नभएको एसपी कार्कीले बताए।

‘श’व भेटिएपछि मात्र उहाँलाई जानकारी भयो’, उनले भने, ’आजै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पो’ष्ट मार्टम गरेर परिवारलाई श’व बुझाइएको छ।’ मृ’तक विमलको घरमा आमा र बुबा मात्र रहेको र बुबा प्या’रालाइसिस भएकाले हिँडडुल गर्न नसक्ने प्रहरीले बताएको छ। कहिलेकाहीँ विमल घर छाडेर हिँड्ने र केही दिन हरा’उने गरेकाले परिवारले यत्तिका दिनसम्म खोजी नगरेको हुन सक्ने प्रहरीको अनुमान छ।

स्थानीयका अनुसार, मृ’तक विमल ह’त्या आ’रोपी ज्ञानबहादुरको घरमा गइराख्थे। ज्ञानबहादुर घरमा नभएको समयमा समेत उनी त्यहाँ गइरहन्थे। ज्ञानबहादुरको घरमा श्रीमती सहितको परिवार छन्। ‘आफू नभएको समयमा समेत विमल घर आएको भन्दै शं’कै–शं’कामा ह’त्या गरेको देखिन्छ’, कास्की प्रहरी प्रमुख एसपी कार्कीले आरो’पीको बयान उद्धृत गर्दै भने, ‘अनुसन्धान पूरा भएपछि सबै कारण थाहा हुन्छ।’

उनका अनुसार मृ’तक विमलले गाँ’जा र र’क्सी जस्ता मा’दक पदा’र्थ सेवन गर्ने र ज्ञानबहादुरको घरमा जाने गरेका थिए ।घटनाको अनुसन्धान सकिएपछि अदालतमा ह’त्या आरोपमा अदालतमा मु’द्दा दायर गर्ने तयारी भएको एसपी कार्कीले बताए । युवराज श्रेष्ठ/ सेतोपाटि

भोजपुर नगरपालिकाको आगामी वर्षको बजेट ६२ करोडभन्दा बढी 

Previous articleधुलिखेल अस्पतालमा मृत्युवरण गरेकी कोरोना संक्रमित सुत्केरीको टिचिंग अस्पताल कनेक्सन
Next articleकोरोनाले मृत्यु भएमा अन्तिम संस्कार कसरी गरिन्छ? हेर्नुस यस्तो छ नियम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।