धुलिखेल अस्पतालमा मृत्युवरण गरेकी कोरोना संक्रमित सुत्केरीको टिचिंग अस्पताल कनेक्सन

काठमाडौं – कोरोना भाइरस संक्रमण देखिएकी महिलाको काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा उपचारका लागि मृत्यु भएपछि राजधानी काठमाडौंमा खैलाबैला मच्चिएको छ ।धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गर्दा मृतक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ भने थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको छ । टेकुले कोरोना संक्रमण भएको पुष्टि गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको कारण सार्वजनिक गर्ने स्रोतले जनाएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसेबाट बिहीवार धुलिखेल अस्पतालमा भर्ना भएकी ती महिलाको शुक्रवार साँझ उपचारका क्रममा निधन भएको छ अस्पतालले परीक्षण गर्दा महिलामा कोरोना संक्रमण देखिएको थियो । ती महिला श्वास फेर्न अप्ठ्यारो भएको भन्दै धुलिखेल अस्पताल आएकी थिइन् ।

घटना पछी सुरक्षाकर्मीको नियन्त्रणमा धुलिखेल अस्पताल

मृत्यु हुनुभन्दा ८ दिनअघि त्रिवि शिक्षण (टिचिङ) अस्पताल काठमाडौंमा सुत्केरी भएर घर गएपछि ती महिलालाई श्वास फेर्न अप्ठ्यारो भएको थियो । सुत्केरी हुने क्रममा टिचिङ अस्पतालमा कोरोना संक्रमण भएको हुनसक्ने अनुमानका कारण काठमाडौं क्षेत्रमा खैलाबैला मच्चिएको छ ।

शिक्षण अस्पतालमा यसअघि समेत कोरोना संक्रमित देखिएका छन् ।मृतक महिलामा कोरोना पोजेटिभ देखिएपछि धुलिखेल अस्पताल सील गरिएको छ । अस्पतालको आकस्मिक कक्षका चिकित्सक, नर्स सबैको स्वाब संकलन गरेर कोरोना परीक्षणको लागि पठाइएको छ । स्वास्थ्य मन्त्रालयले भने आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

हेटौँडा उपमहानगरपालिकाको नगर सभा सुरु हुन सकेन

Previous articleरवि लामिछानेको आज पहिलो म्यारिज एनिभर्सरी, पत्नी निकिताको गरे प्रशंसा
Next articleघनले टाउको फो’डेर ह’त्या गरि मकै बारीमा गा’डेको श’व एक महिना पछी प्रहरीले निकाल्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।