सम्मान गर्न सिक भन्दै डा. मिनेन्द्र रिजालले भारतीय मिडियालाई सिकाए ‘तमिज’ (भिडियो)
उज्यालो नेपाल, जेठ ८ – काठमाडाैं— प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता डा मिनेन्द्र रिजालले भारतीय मिडियालाई निकै कडा जवाफ दिएका छन् ! रिपब्लिक टिभी नामक भारतीय मिडियाको निकै चर्चित कार्यक्रम ‘द डिबेट’ मा रिजालले नेपाल भारत सिमा बारे निकै कडा अडान लिएका छन् ! कार्यक्रम संचालकले निकै अपमानित तरिकाले प्रश्न सोध्न थाले पछी डा. रिजालले सम्मानित तरिकाले प्रश्न गर्न चेतावनी दिएका थिए !
नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. मिनेन्द्र रिजाल काँग्रेसभित्रका एक स्पष्ट वक्ता हुन् । बेलाबेलामा संसदमा राष्ट्रिय मुद्दाबारे चर्को बोल्ने र सरकारका गलत क्रियाकलापको तिखो आलोचना गर्न सक्ने डा. रिजालले संसदमा गणितीय रूपमा कमजोर उपस्थिति रहेको काँग्रेसलाई थप कमजोर हुन नदिने कोसिस गर्छन् । तथापी काँग्रेसको प्रतिपक्षी भूमिका कमजोर रहेको भन्दै आलोचना हुने गरेको छ ।
रिपब्लिक टिभी भारतको निकै चर्चित अंग्रेजी भाषाको मिडिया हो ! युटुबमा मात्र रिपब्लिक टिभीको २.१८ मिलियन फलोवर रहेका छन् ! बाँकी अन्तिममा भिडियोमा हेर्नुहोस् !


